बनेपा/विश्व रेविज विरुद्धको दिवस तथा पशुपन्छी अधिकार दिवसको अवसर पारी जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको छ ।
पनौती, बनेपा र धुलिखेल नगरपालिकामा रहेका पशुपन्छी शाखाले रेविज विरुद्ध जनचेतना जगाउने उदेश्यले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा पनौती देखि धुलिखेलसम्म मोटरसाईकल ¥याली आयोजना गरेका छन् । ¥यालीमा पशु स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधकिहरु सहभागि थिए । प्रमुख तथा बरिष्ठ पशु सेवा चिकित्सक डा. नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल एनिमल एण्ड वेलफेयर रिसर्च सेन्टरका प्रमुख गिताप्रसाद दाहाल लगायतले रेविज विरुद्धको अभियानमा सबै लाग्नु पर्ने बताएका थिए । रेविज भ्याक्सिन पत्ता लगाउने लुईस पाश्चरको निधन भएकै दिन पारेर विश्वभरी रेविज विरुद्धको दिवस मनाउन थालिएको हो । सन् २०३० भित्र नेपालबाट रेविज उल्मुलन गराउने अभियान संचालन गरिएको छ । नेपालमा बर्षेनी २ सय भन्दा धेरै ब्यक्तिहरु रेविजकै कारण मृत्यु भएको छ ।
काभ्रेमा गत वर्ष २ जनाको निधन भएको थियो भने २० जना ब्यक्तिको मृत्यु भएको जिल्ला प्रमुख डा. नारायणबहादुर श्रेष्ठले बताए । पनौतीमा आयोजित कार्यक्रममा समन्वय प्रमुख केसी, पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, उपप्रमुख गिता बञ्जारा लगायतले मोटरसाईकल ¥यालीको शुभारम्भ गरेका थिए । कुकुर तथा रेविज लागेका पशुहरुबाट हुने रोग लागेपछि रेविज रोगले ब्यक्तिहरुको निधन हुने गरेको छ । एचआईभी एड्स भन्दा खतरनाक रोग रेविजबाट बच्न सबैले सजग हुनुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् । स्थानीय तहमा ७ दिन रेविज विरुद्ध निःशुल्क भ्याक्सिन लगाउने, शिविर संचालन गर्ने र अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएका छन् ।





