नयाँ रुट तय
धुलिखेल/विश्व मुटु दिवसको अवसरमा धुलिखेल देखि भट्टिडाँडा हुँदै काभ्रेकोट भाटगाउँ जुरेलीडाँडा बतासेचोक शारदाथान दलिनचोक गोरखनाथ त्रिवेणीघाट सम्म पदयात्रा गरिएको छ ।
झण्डै ३ सय पदयात्री रहेको उक्त कार्यक्रमले ६ वटै नगरपालिकालाई समेटेको थियो । रोटरी क्लव अफ धुलिखेल तथा रोटरी क्लव अफ पनौतीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा क्षेत्रिय होटल संघ, धुलिखेल उद्योग बाणिज्य संघ, लायन्स क्लव अफ काठमाडौ टेम्पल पिस तथा द्धारिकाज रिसोर्टको सहयोग रहेको थियो । नयाँ पदमार्गमा पहिलो पटक पदयात्रा आयोजना गरिएको रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष लक्ष्मी खनालले बताईन् । धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले उक्त पदयात्राको उद्घाटन गर्दै नगरपालिकाले पर्यटकहरुको प्रर्वद्धन तथा ब्यक्तिको स्वास्थ्यका लागि आयोजना गरिएका कार्यक्रमहरुमा नगरपालिकाको सहयोग रहने बताए ।
कार्यक्रममा रोटरी पनौतीको टिम सहभागि थियो भने धुलिखेल अस्पतालका डा. सुदिप श्रेष्ठ, गणपति विष्णु दल गणका सुबास खड्का लगायतले मुटु जोगाउन जीवनशैली परिवर्तन गर्नुपर्ने बताएका थिए ।





