2026 April 16/ 10:37: 39pm

    बनेपा/रोटरी क्लव अफ काभ्रे बनेपाको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको संयोजनमा सन् २०१९ मा १०,००० विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने योजना अनुरुप जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । 
    बनेपा स्थित काभ्रे मा.वि.बुडोल र भिमसेन स्थान स्थित एभरेष्ट एकेडमीमा बाथ ज्वरो तथा बाथ मुटुरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । काभ्रे मा. वि.मा ६ सय ५०, एभरेष्ट एकेडेमीमा ६ सय १५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको अध्यक्ष सुन्दर थापाले बताए । त्यस्तै काभ्रे मा विमा २० जना र एभरेष्ट एकेडेमीमा १५ जना विद्यार्थीमा केहि समस्या देखिएकाले फलोअप गर्नु पर्ने भएकोले स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । डा. प्रकाशराज रेग्मीको अनुसार ६ जना रिफर गरिएहरु मध्ये २ जनाको अवस्था कमजोर रहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ एवम प्रकाशराज रेग्मी प्रतिष्ठानका महासचिव र मुटुरोग विशेषज्ञ डा. सत्यनारायण सुवाल उपाध्यक्ष रहेका छन् । 
    रोटरी क्लब अफ काभ्रेको आयोजना नेपाल हृदयरोग निबारण प्रतिष्ठान काठमाडौको प्राबिधिक सहयोग र नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखाको समन्वयमा बाथ मुटुरोग रोकथाम कार्यक्रम सम्बन्धि स्वास्थ्य परिक्षण आयोजना गरिएको हो । समस्या देखिएका विरामीहरुलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले निशुल्क उपचार गरि दिने रोटरी क्लब अफ काभ्रेका अध्यक्ष रोटरीयन सुन्दर थापाले बताए । जिल्लामा पाँचखाल नगरपालिकाको सर्बमंगला माविमा ३ सय ९० र आजाद मावि बालुवामा ५ सय ७० जनाको स्वास्थ्य परिक्षण मुटुको परिक्षण गरिएको बताए । कार्यक्रममा बालबालिकाहरुलाई टन्सिल बढ्दा उपचार नगरे मुटुरोग लाग्न सक्ने भएकाले समयमा नै उपचार नभएमा ब्याक्टेरियाले मुटुका भल्भहरुलाई विर्गार्ने  डा. रेग्मीले बताए । टन्सिल मुटुरोगको कारण भएकाले केहि समस्या नभए पनि नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन अभिभावकलाई उनले आग्रह गरे । 
    कार्यक्रममा रोटरी क्लब अफ काभ्रेका अध्यक्ष रोटरीयन सुन्दर थापा, पुर्व अध्यक्षहरु रोटरीयन मानकाजी प्रधान, भुवनकाजी मानन्धर, ग्रोबेन तौजले, रोटरीयन रामप्यारी बज्रचार्य र श्रीराम दाहाल,  नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखाका अध्यक्ष विमल सिकु, काभ्रे माविका प्रिन्सिपल कुमार मानन्धर, एभरेष्ट एकेडेमीका प्रिन्सिपल अर्जुन थापामगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष थापाले रोटरीले जिल्लामा विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दे आईरहेका बताएका थिए ।