2026 April 16/ 10:22: 54pm

  नाला, बनेपा/सिड नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले १७ औ बार्षिक साधारण सभामा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायत जिल्लामा विभिन्न क्षेत्रमा सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरेको छ । 
    जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, स्थानीय रामहरी श्रेष्ठ लगायतलाई सम्मान गरेका थिए । जेष्ठ सदस्यहरु छलमाया श्रेष्ठ, बुद्धिमाया श्रेष्ठ, नारायणदेवी श्रेष्ठ, आशामाया श्रेष्ठ, माईली श्रेष्ठ, टिकालाल श्रेष्ठ र इन्द्रप्रसाद दाहाललाई सम्मान गरिएको थियो । एसईई परीक्षा २०७४ मा उत्कृट अंक प्राप्त गर्ने सुविना दाहाल र मनिष श्रेष्ठलाई सम्मान गरिएको थियो । उत्कृष्ट बचकर्ता, उत्कृष्ट ऋणी, शेयर सदस्य तथा गोला प्रथाद्वारा शेयर सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो । 
    अध्यक्ष रेशम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राजन श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २१ सय ६९ शेयर सदस्य रहेको सहकारीमा लेखा समिति प्रतिवेदन राजाराम दाहालले प्रस्तुत गरेका थिए । उपाध्यक्ष रामदेवी श्रेष्ठको स्वागत रहेको कार्यक्रममा सहकारीले सदस्यहरुका लागि काजकिरिया अनुदान, स्वास्थ्य उपचारमा सहयोग, आपतकालिन ऋण सहयोग, एम्बुलेन्स भाडा सहयोग, शब वाहन भाडा सहयोग, सुत्केरी खर्च लगायत उपलब्ध गराउँदै आएको छ । १० करोड ३८ लाख ८० हजार निक्षेप संकलन गरेको सहकारीको  ७२ लाख ३३ हजार शेयर पुँजी संकलन गरेको छ । ८ करोड ८३ लाख ऋण लगानी गरी १९ लाख ८५ हजार मुनाफा गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, नेपाल रेडक्रस सोसाईटीका सभापति रघुवर चौ प्रधान, संस्थापक सल्लाहकार सिद्धिबहादुर जोशी, सहकारीहरुका तर्फबाट सर्वाेत्तमका अध्यक्ष नविन पाण्डे, स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।