2026 April 16/ 10:33: 04pm

बनेपा/आर्दश आर्थिक विकास साकोसको ९ औ बार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रामहरी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    उपाध्यक्ष इन्द्रकुमार शाहिको अध्यक्षतामा सम्पन्न अधिबेशनको बन्द सत्रले अध्यक्षमा इन्द्रकुमार शाह ठकुरी, उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव रामशरण तिमल्सिना, कोषाध्यक्ष जेन बादे रहेका छन् । सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, राजेन्द्र घिमीरे, सावित्री सापकोटा रहेका छन् । लेखा समितिमा संयोजक जीवन पोखरेल, सदस्य बुद्ध मानन्धर र प्रेमकृष्ण बादे श्रेष्ठ रहेका छन् । सभामा उपकार सहकारीका उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, डाईनामिक साकोसका अध्यक्ष माधव सिग्देल, नमस्कार महांकाल साकोसका संचालक सदस्य पार्वती तिमल्सिना लगायतको सहभागिता रहेको थियो । स्वागत मन्तव्य संचालक सदस्य जेन बादेले राखेको सभामा संस्थाको १ करोड २९ लाख ४ हजार शेयर पुँजी, ६ करोड ४२ लाख ८३ हजार निक्षेप संकलन गरेको छ । ७ करोड ९४ लाख ८३ हजार ऋण लगानी गरेको उक्त सहकरीले ६ लाख ५४ हजार ३ सय मुनाफा गरेको प्रवन्धक भरत तिमल्सिनाले बताए ।