2026 April 16/ 10:20: 52pm

   बनेपा/तेक्वान्दो आईटिएफ संघ प्रदेश नम्वर ३ को प्रथम अधिबेशन तथा पहिलो साधारण सभा जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष सचितानन्द केसीको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ । सोहि अवसरमा खेलाडीहरुको बेल्ट प्रमोशन टेष्ट आयोजना गरिएको थियो । 
    अधिबेशनले ललितपुर तेक्वान्दो आईटिएफका उमेश राजथलाको अध्यक्षतामा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष काभ्रेका किशोर बरुण र पुरण थापा रहेका छन् । सचिव मनोज खड्का, कोषाध्यक्ष आशिष कार्की रहेका छन् । सदस्यहरुमा तुल्सी थापा मगर, शेखर थापा, पुजा खुलाल मगर, निलकुमार महर्जन, सुस्मी श्रेष्ठ, सुर्यबहादुर तामाङ र बविता राजथला रहो छन. । अधिबेशनको आतिथ्यता जिल्ला शाखा काभ्रेले गरेको थियो । अध्यक्ष किशोर बरुणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष अञ्जन धमला, केन्द्रिय सदस्य अञ्जना शिवाकोटी, नेपाल रेडक्रस सोसाईटी काभ्रेका सभापति रघुवर चौ प्रधान र प्रदेश नम्वर ३ का निर्वाचित अध्यक्ष उमेश राजथलाले मन्तब्य राखेका थिए ।