१० करोड २५ लाख आम्दानी
बनेपा/जिल्लाको ब्यापारी नगर बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत महोत्सव सहितको बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
नेफ्स्कुनका केन्द्रिय अध्यक्ष डिबी बस्नेतले सभामा साकोसहरु विशुद्ध रुपमा सदस्यहरु बीच वित्तीय कारोवार गर्ने संस्थाहरु भएकाले वित्त परिचालनमा निहित जोखिमको संवेदनशीलतालाई आत्मबोध गर्दै वित्तीय शुसाशन सहित गुणस्तरीयता कायम गर्दै दिगो साकोस निर्माणमा लाग्नु पर्ने बताए । साकोस अभियानको जागरण, विकास ब्यवसायीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल ब्यवस्थापन कार्यमा लागिरहेको नेफ्स्कुनले अन्र्तराष्ट्रिय सम्वन्धलाई विस्तार गर्दै एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्मा समेत नेपालमा सञ्जालिकृत र दिगो साकोसको अवधारणा भन्ने अभियान पु¥याएको बताए । अध्यक्ष विकास बादेले संस्थापक अध्यक्ष ज्योती प्रकाश सैजुले २०४७ साल आषाढ २ गते बनेपा चण्डेश्वरी फोरम बचत तथा ऋण संघको नामबाट स्थानीय युवाहरुको सहभागिता बचत तथा ऋण परिचालन गर्ने उदेश्य लिएर आजको बचत भोलीको लागि भन्ने नाराका साथ शुरु गरेको बताए । २०४८ सालको सहकारी ऐन पछि २०५० साल असोज ६ गते डिभिजन कार्यालय धुलिखेलमा चण्डेश्वरी साकोसको दर्ता गरिएको थियो ।
एशियाली ऋण महासंघमा आवद्ध भई एक्सेस ब्राण्डमा सहभागि हुन सहकारीले ८६ वटा संकेतलाई कार्यान्वयन गरिरहेको अध्यक्ष विकास बादेले बताए । सचिव बुद्धरत्न मानन्धरले ६ हजार ५ सय ३८ जना सदस्य रहेको सहकारीले सहकारी मार्फत विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए । २५ वर्ष पुगेको अवसरमा संस्थामा संलग्न भई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । रजत महोत्सवकै अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरेको उक्त सहकारीको शेयर पुँजी ६ करोड ७३ लाख ८३ हजार ६ सय रहेको छ । ५८ करोड १२ लाख ९९ हजार ऋण लगानी गरी १ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैया निक्षेप संकलन गरेको छ । १० करोड २५ लाख ४० हजार आम्दानी गरेको छ । लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन जितेन्द्रभक्त पोटेले प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथी बस्नेत, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, रेडक्रस काभ्रेका सभापति रघुवर चौप्रधान, सल्लाहकार इन्द्रनारायण भैल, काभ्रेपलाञ्चोक जिल्ला बचतका प्रथम उपाध्यक्ष इन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ गौतम लगायतले सहकारीका बारेमा मन्तव्य राखेका थिए ।
उपाध्यक्ष जयओम बादेले स्वागत तथा ऋण तथा अर्थ समिति, पूर्ण पोटेले शिक्षा तथा समाज कल्याण उप समिति, रोशना राजबंशीले महिला विकास उप समिति, रुकमणी देवी पोटेले लघुवित्त कार्यक्रम संचालन उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको सभाले सहकारी ऐन २०७४ मा अनुसार संस्थाको विनियम शंशोधन गरेको छ ।
तस्विर राख्ने





