धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ४ मा काठमाडौ विश्वविद्यालय मार्गबाट सेतिदेवी मार्गमा जाने बाटोमा ढलान तथा बगैचा निर्माण गरिएको छ ।
बन्दाबन्दीको समयमा सामाजिक दुरी र स्वास्थ्यलाई समेत ख्याल गरी निमार्ण कार्य सम्पन्न गरिएको उपभोक्ता समितीका अध्यक्ष पञ्चराम तामाङले बताउनु भयो । उक्त मार्ग तथा बगैचाको उद्घाटन धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जुले गर्नु भएको थियो । ब्यान्जुले बन्दाबन्दीको समयमा समेत निर्माण कार्यलाई जारी राखी सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यबाद दिनु भएको थियो । नगरका सबै वडा, नगर प्रदेश र संघ अन्र्तगतका योजनाहरु तिब्र गतिमा सञ्चालन भएको ब्यान्जुले बताउनु भयो । नगरले राहत वितरणमा श्रमिकहरुलाई काम दिई ज्याला दिने बताउनु भयो । पहिलो चरणको राहत वितरण पश्चात नगर र वडाले काम दिई ज्याला दिन लागिएको वताउनु भयो । कार्यक्रममा ब्यान्जुले नगरले विकासमा काममा स्थानिय समुदायको चासो र सहयोग आवश्यक रहेको बताउनु भयो । स्थानिय समुदाय सक्रिय भएमा योजनाका कामहरु समयै र गुणस्तरीयता हुने बताउनु भयो । नगर भित्र कुनैपनि परिवार भोकै बस्न नपर्ने, जग्गा नभएकालाई जग्गा ब्यबस्थापन गरी घर निमार्णका लागी सहयोग गर्ने, धुलिखेल नगरलाई एक घर एक धारा निर्माण कार्यलाई तिब्र बनाएको, प्रत्येक वडामा चिल्ड्रेन पार्क निमार्ण सम्पन्न भएको लगाएतका कार्यहरु बताउनु भएको थियो ।
कार्यक्रममा नगरपालिका उप प्रमुख विमला शर्मा, वडा अध्यक्ष रविन्द्र कर्मचार्य, स्थानिय खाईवा लामा, सत्यमान तामाङ, कमल राय लगाएतले मन्तब्य राख्नु भएको थियो । उक्त मार्गमा वडाबाट रु ३ लाख र उपभोक्ताबाट ४ लाख गरी जम्म ७ लाखमा १ सय १० मिटर ढलान र बगैचा निर्माण गरिएको स्थानिय सत्यमान तामाङले वताउनु भयो ।





