बनेपा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले जिल्लामा कृयाशिल ४० वटा संस्थाका पत्रकारहरुलाई प्रेस ज्याकेट र एन ९५ माक्स उपलब्ध गराउनु भएको छ ।
हुमागाईले श्रमिकहरुको रोजगार कोरोना भाईरसका कारण गुम्न गएको र अझै रोजगार गुम्न सक्ने सम्भावनालाई ध्यान दिदै कोरोना पछिको अवस्थालाई ध्यान दिनुपर्ने बताउनु भयो । अग्रपंक्तिमा रहेर श्रम गरिरहेका पत्रकारहरुको सुरक्षाका लागि विशेष ध्यान दिन अनुरोध गर्दै हुमागाईले पत्रकारहरुको समस्या र भावनालाई सम्वन्धित निकायसम्म पु¥याउन सक्दो पहल गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा पत्रकार तथा संचारमाध्यमहरुको समस्याका बारेमा बताउनु भएको थियो । जिल्लामा ४० वटा संस्थाहरुलाई ज्याकेट र माक्स उपलब्ध गराउन सहयोग गर्ने ब्यक्तिहरुलाई हुमागाईले धन्यवाद दिनु भएको थियो । महासंघका अध्यक्ष तिमल्सिनाले सम्पूर्ण संचारकर्मीहरुको तर्फबाट धन्यवाद दिनु भएको थियो ।





