2026 October 16/ 08:57: 33pm

          धुलिखेल/जिल्ला हुलाक कार्यालयले १५२ औ विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । 
निमित्त हुलाक अधिकृत अन्जना निरौलाको सभापतित्वमा तथा अतिरिक्त हुलाक एशोसियनका केन्द्रिय अध्यक्ष टंक हुमागाईको प्रमुख आतिथ्यतामा पनौती स्थित वृद्धाश्रममा खाना खुवाउने, कार्यालय परिसर सरसफाई, बर्षको उत्कृष्ट कर्मचारी सम्मान, बनेपा हुलाक कार्यालयलाई सम्मान गरी मनाएको छ । 
          कार्यक्रमका प्रमुख अतिथी हुमागाईले हुलाकको गरिमा बढ्दै गएको र यसलाई सेवा प्रवाहका बारेमा गुणस्तर बढाउदै लैजानु पर्ने बताए । प्रविधिको विकास भए पनि  हुलाकको महत्व केहि खस्केको हुदाँ समेत सेवालाई थप प्रभाकारी बनाउन सकिएमा आम नागरीकहरुले हुलाक नै खोज्ने बताए । निमित्त कार्यालय प्रमुख निरौलाले हुलाक बाट चिठिपत्र सगै राहदानी, सिमकार्ड, विभिन्न पत्रहरु समेत आम नागरिकको घर दैलोमा सेवा दिईदै आएको बताईन् । कार्यक्रममा निरौलाले उक्त अवसरमा पनौती बृद्धाश्रममा रहेकालाई खाना खुवाईएको, वर्षको उत्कृष्ट कर्मचारी सम्मान गरीएको बताए । विश्वभरका ६ लाख ६० हजारभन्दा बढी हुलाक कार्यालय र करिब ४६ लाख कर्मचारीले हुलाक तथा विभिन्न सेवामार्फत मानिसलाई जोड्ने काम गर्दै आएको कार्यक्रममा वताईएको थियो ।