2026 October 16/ 08:57: 37pm

         बनेपा/स्तन क्यान्सर विरुद्ध जनचेतना फैलाउन बनेपामा वृहत् -याली (पदयात्रा) गरिएको छ । 
नेपाल क्यान्सर रिलिफ सोसाइटी र शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालको संयुक्त आयोजनामा स्तन क्यान्सर सचेतना पदयात्राको आयोजना गरिएको हो । पदयात्रामा विभिन्न संघ संस्थाको सहभागितामा समुदायलाई एकजुट गर्दै स्तन क्यान्सरबारे सचेतना फैलाउनुका साथै अन्य क्यान्सरको रोकथामलाई पनि प्रोत्साहन गर्न उक्त पदयात्रा गरिएको नि.कार्यकारी प्रमुख अस्पताकी डा एन्जिला बस्नेतले बताईन् । 
             संसारभर अक्टुबर महिनालाई स्तन क्यान्सर विरुद्धको महिना घोषणा गर्दै विभिन्न कार्यक्रम भइरहेका बेला बनेपामा पनि उक्त अभियानका रुपमा मनाउन लागिएको बस्नेतले बताईन । शिरमेमोरियल अस्पताल बाट ¥याली शुरु भई भिमसेनथान, गणेशचोक हुदै चारदोबाटोमा पुगी सास्कृतिक कार्यक्रम र कोण सभामा ¥याली परिणत भएको थियो । कार्यक्रमका सहभागि चिकित्सकले नियमित परिक्षणले स्तन क्यान्सरबाट जोगिन सकिनेमा जोड दिए । ¥यालीमा स्वास्थ्यकर्मी, विभिन्न कलेज तथा स्कूलका किशोरीहरु, सघं संस्थाका प्रतिनिधी लगायत सहभागी थिए । बदलिदो जीवनशैली, औषधि र यौनजीवनले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरुप बनाउने मात्र नभई उनीहरुको ज्यान समेत लिने क्रम बढेपछि नेपालमा पनि क्यान्सर उपचारमा संलग्न अस्पताल र विभिन्न फाउण्डेशनहरुले स्तन क्यान्सर विरुद्ध जनचेतना अभियान चलाउँदै आएको बताईएको थियो ।