2026 October 18/ 11:55: 46am

    बनेपा/बनेपामा रहेको बनेपा सेराजेम सेन्टरले आफ्नो १४औँ वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरी मनाएको छ।
    सेराजेम सेन्टरमा दैनिक दुई सयभन्दा बढी सेवाग्राहीले निःशुल्क थेरापी सेवा लिने गरेको सेन्टरले जनाएको छ। सेन्टरका प्रमुख अनिश शर्माका अनुसार बनेपामा प्रदान गरिएको सेवाबाट प्राप्त सफलता र सेवाग्राहीको सन्तुष्टिका आधारमा बानेश्वरमा समेत सेराजेम सेन्टर सञ्चालनमा ल्याइएको हो।‘स्वास्थ्य, मित्रता, विश्वास र खुसी’लाई जोड्दै आयोजित वार्षिकोत्सव कार्यक्रममा सेराजेमले स्वस्थ जीवनशैली र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । बनेपा तथा आसपासका क्षेत्रका नागरिकहरू दैनिकजसो स्वास्थ्यका लागि सेराजेम सेन्टरमा आउने गरेका छन्। केही सेवाग्राहीले नियमित थेरापीपछि घरमै मेसिन राखेर समेत सेवा लिइरहेका छन्।
    नेपालमा हाल ११ वटा सेराजेम सेन्टर सक्रिय रहेको कार्यक्रममा बनेपाका प्रमुख अनिश शर्माले बताए । सहभागीहरूले नागरिकको स्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि सेराजेम सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।वार्षिकोत्सव कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रहेका सेराजेम सेन्टरका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा युवराज गुरुङ, लोकबहादुर गुरुङ, बाबुराज श्रेष्ठ, उमेश श्रेष्ठ, उज्वल कर्माचार्य, सुदन, रविन्द्र न्यौपाने, अनुपमा श्रेष्ठ र जुनु श्रेष्ठलगायतको सहभागिता रहेको थियो। सेराजेम सेन्टर नागरिकको स्वास्थ्य, नियमित थेरापी तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने सेवाका रूपमा परिचित हुँदै आएको सेन्टरका प्रमुख शर्माले बताए । बार्षिकोत्सव समारोहको अवसर पारेर सेन्टरमा दिनभर जस्तै विविध कार्यक्रमको आयोजना गरिएको थियो ।