2026 August 19/ 01:22: 47pm

           पनौती/सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारी संस्थाको शेयर सदस्य श्याम कृष्ण ताम्राकारको निधन भएकाले विमा दावी रकम हस्तान्तरण गरिएको छ । 
मृतकी श्रीमती बिमला ताम्रकारलाई उक्त वीमा दावी रकम हस्तान्तरण गरिएको हो । ऋणी सदस्यबाट लिएको ऋण रकमलाई सुर्यज्योती लाईफ ईन्स्योरेन्स कम्पनी लि. पनौती शाखाबाट ऋण सुरक्षण वीमा गरिराखेकोमा ऋणी सदस्यको मृत्यु पश्चात् उक्त वीमा दावी बापतको रकम प्राप्त भएकोले हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हरिचन्द्र श्रेष्ठले बताए । पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले मृतककी श्रीमती बिमला ताम्रकारलाई ४ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सविन ताम्राकार, संस्थाका अध्यक्ष हरिचन्द्र श्रेष्ठ, प्रमुख ब्यबस्थापक गौतम प्रजापति, सुर्यज्योती ईन्स्योरेन्स पनौती शाखा प्रमुख उमेश पौडेल, कर्मचारी मेनुका तिमल्सिना, सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका प्रमुख सल्लाहकार गोविन्द प्रसाद न्यौपानेले गरेका थिए ।