2026 August 23/ 12:17: 34pm

    धुलिखेल/स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेको आयोजनामा सहकार्य परियोजना अन्र्तगत जिल्लाका संचारकर्मीहरुसँग अपाङ्गता तथा रिपोर्टिङ्ग सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
    अध्यक्ष रमेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक गोकुल गौतम, कार्यक्रम संयोजक राजन गौतम, मुख्य प्रशिक्षक मुकुन्दहरी दाहाल, संस्थाका पुर्व उपाध्यक्ष मधुसुदन गुरागाई, विभिन्न संचार माध्यमका संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संचारमाध्यममा प्रयोग गरिने शव्दहरु, संचारकर्मीहरुले उठाउने विषय तथा अपाङ्गमैत्री संचार निर्देशिका २०७३ ले उल्लेख गरेका विषयहरु, समग्र कार्यक्रमले उठाउने सवालका बारेमा जानकारी गराईएको थियो । जिल्लाको नमोबुद्ध र रोशी गाउँपालिकामा संचालन हुने उक्त कार्यक्रम र रिमरेकले विगतमा गरेका गतिविधिहरुका बारेमा कार्यकारी निर्देशक गोकुल गौतमले जानकारी गराएका थिए । अपाङ्गता अधिकार र समावेशी पत्रकारिताका सन्र्दभमा कानुन ब्यवसायी समेत रहेका मुकुन्दहरी दाहालले संचारकर्मीहरुलाई अपाङ्गता अधिकार अन्य नागरिक सरह भएको जानकारी गराएका थिए । मानवअधिकार, अपाङ्गता भएको आधारमा पाउने अधिकार, समावेशी विकास, शिक्षा, स्वास्थ्य, अधिकारमुखी अवधारणा, उपयुक्त अनुकुलता, पहुँचयुक्तत्ता, संचार र अपाङ्गतना अतिरिक्त खर्चका सन्र्दभमा संचारमाध्यमहरुले उठाउनु पर्ने विषयका बारेमा जानकारी गराईएको थियो । 
    अपाङ्गता पहिचान र गम्भिरताको आधारमा बर्गिकरण, उपलब्ध सेवा, अशक्तताको प्रकृतिको आधारमा बर्गिकरण, अधिकार प्रर्वद्धनमा संचारमाध्यमको भूमिका र सवालका बारेमा जानकारी गराईएको थियो । अपाङ्गता अधिकार र समावेशीता, समावेशीता विकास, शिक्षा, स्वास्थ्य, काम तथा रोजगारी, संचार, समावेशी पत्रकारिता, छापा माध्यम, श्रब्य, दृश्य, सामाजिक सञ्जाल, पहुँचयुक्तता, अन्र्तराष्ट्रिय मापदण्ड, उपयुक्त अनुकुलता, अन्तर विविधता, कानूनी क्षमता, संरक्षण पद्दती, सहयोगी सहितको निर्णय पद्दती र न्यायमा पहुँच लगायतका विषयमा छलफल भएको थियो । अवस्था पहिचान र योगदानको अवसर, समावेशी पत्रकारिताका लागि आवश्यक विषयहरुका बारेमा समेत जानकारी गराईएको थियो । 
    जिल्लाका १३ पालिका मध्ये धेरै अपाङ्गता भएका पालिकाहरु मध्ये नमोबुद्ध र रोशी गाउँपालिका छनौट गरिएको कार्यकारी निर्देशक गोकुल गौतमले बताए । कार्यक्रम ५ वर्ष सम्म संचालन हुनेछ ।