2026 August 22/ 09:23: 37am

धुलिखेल/जिल्ला प्रशासन कार्यालयले १ वर्षको अवधीमा जिल्लाबाट १० हजार ४ सय २९ वटा नयाँ नागरिकता जारी गरेको छ । ९ हजार २ सय २४ वटा पुराना नागरिकताको प्रतिलिपी जारी गरेको छ । 
    आमाको नामबाट १२ वटा र अंगिकृत नागरिकता ७ वटा वितरण गरेको छ । यो अवधीमा ५५ जनाले नागरिकता परित्याग गरेका छन् । ५३ वटा गैह् आवासिय नागरिकता जारी भएको छ भने ९ वटा नागरिकता रद्द गरिएको छ । त्यस्तै १९ हजार ७ सय ७५ वटा परिचयपत्रका लागि फोटो खिचेको छ । राष्ट्रिय परिचयपत्रको फोटो खिचेर कार्ड प्राप्त हुनेहरु मध्ये १ हजार ९ सय ३४ वटा वितरण भएका छन् । त्यस्तै १७ हजार ९ सय ३ जनाले राहदानीका लागि आवेदन दिएका छन् । विभागमा १ सय १५ जनाले सिफारिस लिएर राहदानी बनाएका छन् भने १५ हजार ७ सय ६८ जनाको राहदानी उपलब्ध भएको छ । ७ सय २४ जनाले नाबालक परिचय पत्र लिएका छन् । 
    जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ७२ वटा मुद्दा मध्ये ६१ वटा फछ्र्याैट भएका छन् । २६ वटा नयाँ संघ संस्था दर्ता भएका छन् । २ सय ६२ वटा नविकरण भएका छन् । ११ वटा हातहतियार नविकरण भएका छन् । दलित÷जनजाति परिचयपत्र ५ सय ३ वटा जारी भएका छन् । जिल्ला प्रशासन कार्यालयले २१ लाख ८७ हजार ७ सय ७६ रुपैया राहत उपलब्ध गराएका छ भने विपदमा परेकाहरुलाई १२ लाख ११ हजार राहत उपलब्ध गराएको छ । ७ सय १८ वटा अपराधिक घटना, ४ सय ६२ जना अभियुक्त पक्राउ, ३१ जनाको सडक दुर्घटनमा मृत्यु, ३ सय २१ जना घाईते, ९ जनाको हत्या, १ सय ३३ जनाले आत्महत्या, १ सय २४ वटा प्राकृतिक प्रकोपका घटना भएका छन् । प्रकोपमा परी ७ जनाको निधन भएको छ भने ११ जना घाईते भएका छन् । जिल्लामा ६ सय ५ जना विशिष्ट ब्यक्तिहरुको भ्रमण एक वर्षको अवधीमा ६ सय ५ जनाको भएको छ भने ४ सय ५४ वटा पसल तथा फर्महरुको अनुगमन भएको छ ।