बनेपा/काभ्रे उद्योग बाणिज्य संघको ४२ औ अधिबेशनबाट अध्यक्ष प्रताप बैद्य सहित बरिष्ठ उपाध्यक्षमा रविन्द्र बैदार निर्वाचित भएका छन् ।
अध्यक्ष बैद्य सहित उनको समुहबाट पाँच पदाधिकारी, ५ जना खुल्ला कार्य समिति सदस्य र निर्विरोध २ जना समेत गरी १२ जना निर्वाचित भएका छन् । अलग अलग समुहबाट निर्वाचित भए पनि उद्योग बाणिज्य संघलाई एक ढिक्का बनाएर लैजाने तथा उद्योगी ब्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता बैद्य र बैदारले ब्यक्त गरेका छन् । निर्वाचनबाट राजन मानन्धर समुहबाट बरिष्ठ उपाध्यक्षमा रविन्द्र बैदार सहित ६ पदाधिकारी, ५ जना खुल्ला कार्य समिति सदस्य र ४ जना निर्विरोध गरी १५ जना निर्वाचित भएका छन् । ८ वटा पदमा उम्मेदवारी नै दर्ता भएन । २७ पदमा भएको निर्वाचनमा बैद्य समुहबाट १२ र मानन्धर समुहबाट १५ जना निर्वाचित भएका हुन् । प्रताप बैद्यलाई केन्द्रिय उपाध्यक्ष वा काभ्रेका पूर्व अध्यक्ष सुरकृष्ण बैद्य, पूर्व अध्यक्ष प्रकाश मानन्धर र पूर्व अध्यक्ष कृष्णगोपाल भैलको समर्थन थियो । राजन मानन्धर समुहलाई पूर्व अध्यक्षहरु दियेशरत्न शाक्य, लक्ष्मीलाल राजभण्डारी, पुर्ण पलाञ्चोके, राजेन्द्र पसँक्षे लगायतको समर्थन थियो । अध्यक्ष पदका प्रत्यासी बसन्तनारायण भोक्षिभोयाले ११७ मत प्राप्त गरे ।
निर्वाचनमा १ हजार २ सय ५१ मतदाता मध्ये १ सय ३९ अनुपस्थित रहे भने १ हजार १ सय १२ जनाले मतदान गरे । ४१ औं अधिबेशनमा १ हजार ३ सय भन्दा धेरै ब्यवसायीहरुले सदस्यता नवीकरण गराएका थिए । उद्योग बाणिज्य संघको विद्यान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, सह सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, मुख्य संयोजक, सह–मुख्य संयोजक गरी १५ जना पदाधिकारी हुने ब्यवस्था छ । त्यस्तै १० जना खुल्ला सदस्यहरु निर्वाचित, २ जना महिला निर्वाचित, क्षेत्रगत सदस्य ८ जना र मनोनित ३ गरी ३८ सदस्यीय कार्य समिति गठन हुनेछ । ३५ पदका लागि निर्वाचन हुनु पर्नेमा ८ वटा पदमा उम्मेदवारी नै दर्ता भएन ।
निर्वाचन समितिका संयोजक कृष्णप्रसाद खनालका अनुसार २७ पदका लागि ४९ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ पदमा निर्विरोध भएको थियो । अब १५ पदाधिकारी सहित १० खुल्ला सदस्य पदमा मात्रै निर्वाचन भएको थियो । उम्मेदवारी दर्ताबाट मात्रै संघले १६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । नवीकरणबाट करिब १८ लाख रुपैयाँ संकलन भएको थियो ।
कुन समुहका को को ?
अध्यक्ष ः प्रताप बैद्य (समुह तर्फ)
उपाध्यक्ष – उमेशरत्न शाक्य, कोषाध्यक्ष मानकाजी प्रधान, कृष्णलाल श्रेष्ठ, सह कोषाध्यक्ष श्यामकुमार भालु, मुनाल । निर्विरोध निर्वाचितः क्षेत्रगत सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, बनेपा क्षेत्र नम्वर १, भगवती श्रेष्ठ, बनेपा क्षेत्र नम्वर २, खुल्ला कार्य समिति सदस्यमा निर्वाचित – राजनबहादुर ढकाल ४९१ मत (निर्वाचित), नरेशराज कायश्थ ५२१ मत (निर्वाचित), रोशन खुप्पा श्रेष्ठ ५७४ मत (निर्वाचित), सुमन चौ प्रधान ५५६ मत (निर्वाचित), गौतम मानन्धर ५३१ मत (निर्वाचित)
बरिष्ठ उपाध्यक्षः रविन्द्र बैदार (समुह तर्फ)
उपाध्यक्षः सुरेश भोक्षिभोया, महासचिव रजित पलाञ्चोके, मुख्य संयोजक विज्ञान धौगोडा, सह मुख्य संयोजक रवि तौजले, सह सचिव रामकुमार श्रेष्ठ, कार्यकारी सदस्य बस्तुगत तर्फ – प्रेमबहादुर तामाङ
कार्यकारी सदस्य एशोशियट तर्फ – दुर्गालक्ष्मी मानन्धर, महिला सदस्य– पुर्णिमा प्रधानाङ्ग र कमला अवाल
खुल्ला कार्य समिति सदस्यमा निर्वाचित – निर्दाेष पलाञ्चोके ६४४ मत (निर्वाचित), रजेन्द्र पसंक्षे ५१८ मत (निर्वाचित), रहदेव पोटे ५७५ मत (निर्वाचित), सुजन मानन्धर ५२३ मत (निर्वाचित), हरिचन्द्र अधिकारी– ४८७ मत (निर्वाचित)









