बनेपा/नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशनको तयारी तिब्र रुपमा भएको छ । भोली शुक्रबार र शनिबार दुई दिन १३ वटा पालिकाका १ सय ३५ वडा र २१ वटा जनबर्गिय संगठनले अधिबेशनको बन्द सत्रमा सहभागि हुने प्रतिनिधी चयन गर्नेछन् । ७ सय भन्दा धेरै प्रतिनिधी अधिबेशनको बन्द सत्रमा सहभागि हुनेछन् । बन्द सत्रमा सहभागि हुन खुल्ला प्रतिनिधी चयन हुनेछन् ।
२०८१ जेठ २८ देखि ३० गते सम्म धुलिखेलमा हुने अधिबेशनको उद्घाटन एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएको एमाले काभ्रेले जानकारी दिएको छ । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० काभे्रपलाञ्चोक जिल्ला कमिटीको १० औं पूर्ण बैठकले अधिबेशनको निर्णय गरेको थियो । अध्यक्ष अशोक ब्याञ्जुका अनुसार अधिबेशन तयारीका लागि गठित उप समितिहरुले निरन्तर कार्य गरिरहेका छन् ।
अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गर्नेछ ।









