2026 August 22/ 04:26: 49pm

धुलिखेल/शंखुपाटीचौरका किसानलाई कृषि यान्त्रीकरण वितरण गरिएको छ । कृषि विकास कार्यालय धुलिखेल तथा गौरीशंकर साना किसान कृषि सहकारी संस्थाको साझेदारीमा व्यवसायीक तरकारी खेति प्रवद्र्धन कार्यक्रमको लागि कृषि यान्त्रीकरणन वितरण तथा सार्वजनिक सुनुवाई गरिएको हो ।
    कृषि विकास कार्यालय काभ्रेको प्रोत्साहन अनुदान ९ लाख ८० हजार र सहकारी संस्थाको ८ लाख ३१ हजार ८ सय ८१ रुपैयाँ लायत साझेदारीमा किसानलाई यान्त्रीकरण उपलब्ध गराईएको हो । कृषकलाई प्लास्टिक टनेल, मल्चिङ, स्प्रे पम्प, ट्रयाक्टर, तरकारी बिउहरु वितरण गरिएको गौरीशंकर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सिताराम भट्टराईले जानकारी दिए । प्लाष्टीक टनेल ९० जी.एस. एम ८९ वटा, मल्चीङ प्लाष्टीक ४० माइक्रोन १० रोल, मीनी टिलर १५ थान, स्पेयर पम्प २० थान, पाइप सिंचाई निर्माण÷इनार १ वटा र प्रांगरिक मल ३० टन वितरण गरिएको हो ।
    कृषि यान्त्रीकरण वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडी, धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन लामिछने, संस्थाका सल्लाहकार, संचालक समिती, लेखा समिती, कर्मचारी लगायत कृषकहरुको उल्लेख्य सहभागीता रहेको थियो । कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले नेपालका साना किसान सहकारी मार्फत भएका कामहरु उदाहरणीय रहेको बताए । कृषि सहकारी मार्फत भएका कार्यक्रम वास्तविक किसानसम्म पुगेको उनले बताए । वडा अध्यक्ष मोहन लामीछानेले आफ्नै वडामा कार्यालय रहेको साना किसान कृषि सहकारी तिनवटा नगरपालिकाको ८ वटा कार्यक्षत्रमा पुगेको भन्दै प्रसंसा गरेका छन । किसान हरुलाइ सुबिधा र सहुलियत कार्यक्रमहरु सन्चालन गर्दै पालै–पालो हातेमालो गर्दै गएको बताएका छन ।
    कार्यक्रममा संस्थाका अध्यक्ष सिताराम भट्टराइको सभापतित्व रहेको थियो । अध्यक्ष भट्टराइले १ हजार ७ सय सदस्य भएको कृषि सहकारीका लागि कार्यक्रम पर्याप्त नभए पनि प्राप्त यान्त्रीकरणलाई उचित सदुपयोग गर्ने बताए । २० लाख रुपैयाँको बजेटमा ६८ घरधुरी सदस्यलाई यान्त्रीकरण वितरण गरिएको उनले बताए । उनले हरेक वर्ष पालैपाले कृषि सामाग्री वितरण गरिने बताएका छन ।