2026 August 23/ 01:52: 50pm

ब्यवसायिक एकता र गुणस्तरीय सेवाको प्रतिबद्धता’
     पोखरा/पोखरा र काभ्रे पुन्यवती प्रा.लि.को ब्यवसायीक भेला पोखरामा सम्पन्न भएको छ । प्रालीका अध्यक्ष राजेश सुन्दर सैजुको अध्यक्षतामा सम्पन्न भेलाले बदलिँदो परिस्थितिमा सेवाग्राहिहरुलाई गुणस्तर प्रदान गर्दै ब्यवसायीक एकता कायम राख्ने निर्णय गरेको छ । 
    अध्यक्ष राजेशसुन्दर सैंजुले ब्यवसायीहरुले सडक गुणस्तर बनाउन तीन तहकै सरकारसँग अनुरोध गर्ने, स्थानीय नागरिकहरुलाई १२ महिना नै सहज र सरल ढंगले सेवा दिन प्रतिवद्ध रहने, अस्वस्थ प्रतिस्पर्धा तथा सहज अवस्थामा मात्रै सवारी साधन चलाएर असहज अवस्थामा नागरिकलाई अलपत्र पार्ने ब्यवसायीहरुका बारेमा स्थानीय सरकार सचेत र सजग रहन, ब्यवसायीहरुको हक हितमा सबै ब्यवसायी र कम्पनीहरु एक हुने निर्णय गरेको बताए । 
    भेलामा सहभागि अतिथीहरुले वर्तमान अवस्थामा यातायात क्षेत्रका तमाम समस्या, समाधानका लागि तिन तहकै सरकारले खेल्नु पर्ने भूमिका र त्यसका उपाय तथा आगामी चुनौती तथा समाधानका उपायका बारेमा धारणा राखेका थिए । बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै लम्सालले बागमती प्रदेश सरकारले यातायात क्षेत्रलाई ब्यवस्थित गर्न केहि शुरुवात गरेको बताए । 
    भेलामा प्राली सम्वद्ध आबद्ध यातायात ब्यबसायीहरु, विभिन्न प्रालिका अध्यक्ष एब पदाधिकारीहरु सहभागी थिए । भेलामा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, नेपाल उद्योेग बाणिज्य महासंघका नगर तर्फका उपाध्यक्ष एवं काभ्रे मिनिबस सेवा समितिका पुर्व अध्यक्ष सुरकृस्ण बैध, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बिजय स्वांँर, वरिष्ठ उपाध्यक्ष पुन्य प्रसाद सिटौंला (सरोज), उपाध्यक्ष ऐनकुमार शाही, सचीव आत्मराम थापा, सचीव भानुभक्त बस्याल, कोशि प्रदेशका प्रकाशमणी तिवारी, गण्डकी प्रदेश उधोग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, काभ्रे संयोजक राजेशकुमार श्रेष्ठ, पुर्ब अरनिको प्रालि अध्यक्ष केदार क्षेत्री, काभ्रे बस प्रालि अध्यक्ष वर्ण शाक्य, वडा अध्यक्ष सविन ताम्राकार, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतका पदाधिकारीहरु तथा विभिन्न सघ संस्थाका प्रतिनिधिहरुले ब्यवसायीको हक हितका लागि एकता र राज्यका ऐन कानून र प्राधिकरण गठनको माग गरेका थिए । 
    अध्यक्ष राजेश सुन्दर सैजुले प्राली गठनका चुनौती, समितिको पुरानो अभ्यास तथा सर्बाेच्चले समिति पुन संचालनका लागि गरेको फैसला तथा आर्थिक मन्दीले भोगिरहेका समस्या तथा व्यावसायी पलायन रोक्न र नयाँ प्रवेशको वातावरण बनाउन छलफल महत्वपूर्ण हुने बताए । उक्त प्रालिबाट पनौती काठमाडौ लगायत काभ्रेको दक्षिण भेगका ग्रामीण भेगमा यातायात सेवा संचालनमा छ ।