बनेपा/श्रोत, साधन, प्रविधी तथा शहर र शहरोन्मुख विद्यालय भएको बनेपा नगरपालिकाका अधिकांश विद्यालयमा अध्ययन गर्ने कक्षा ८ का विद्यार्थी फेल भएका छन् । ५२ विद्यालयमा अध्ययन गर्ने १ हजार ७ सय ९ मध्ये संस्थागत विद्यालयबाट १ सय १२ र सामुदायिक विद्यालयबाट १ सय २४ विद्यार्थी अनुर्तिण भएका छन् । नगरपालिकाले गत वर्ष देखि नगर स्तरीय परीक्षा पनि एसईई जस्तै केन्द्र तोकेर एक विद्यालयको अर्काे विद्यालयबाट लिन शुरु गरेको छ ।
३१ वटा संस्थागत विद्यालयमा १ हजार ३ सय २० विद्यार्थी अध्ययन गरिरहेका छन् । जसमा ७ सय ९६ छात्र र ५ सय २४ छात्रा छन् । जस मध्ये ९ सय २७ जनाले सबै विषयमा ३५ प्रतिशत भन्दा बढी प्रतिशत ल्याएर उत्तिर्ण भएका छन् भने २ विषयमा मात्र ३५ प्रतिशत भन्दा कम ल्याउने विद्यार्थीको संख्या २ सय ८० रहेको छ । २ विषय भन्दा बढिमा ३५ प्रतिशत भन्दा कम ल्याउने विद्यार्थीको संख्या १ सय १२ रहेको छ ।
संस्थागत विद्यालयमा भन्दा धेरै कम विद्यार्थी छन् सामुदायिक विद्यालयमा । पर्याप्त शिक्षक, शिक्षकलाई राज्यको खर्च, बालबालिकाहरुलाई पाठ्यपुस्तक देखि पोशाक र खाजासम्म राज्यले उपलब्ध गराउँदै आएको छ । भौतिक पूर्वाधार सम्पन्न छन् । तीन तहकै सरकार र दाताहरुले समेत केहि विद्यालयमा सहयोग गरेकै छन् । परिणाम खोज्नु भयो भने विद्यार्थीहरु अनुर्तिण । २१ वटा सामुदायिक विद्यालयका ३ सय ८९ विद्यार्थी मध्ये १ सय १७ जना उर्तिण भएका छन् । १ सय ४८ जना दुई वटा विषयमा मात्रै फेल भएका छन् । १ सय २४ विद्यार्थी दुई भन्दा धेरै विषयमा अनुर्तिण भएका छन् । सामुदायिक विद्यालयमा ४५.५ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।
सामुदायिक मध्ये देवीटार आधारभुत विद्यालय, गणेश भारती मावी, गंगादेवी आधारभुत विद्यालय, जागृति आधारभुत विद्यालय, जनज्योति माध्यमिक विद्यालय, सृष्टिकान्त आधारभुत विद्यालयबाट शुन्य विद्यार्थी उर्तिण भएका छन् । देविटारमा ६, गणेश भारतीमा १४, गंगादेवीमा २ जागृतिमा ८, जनज्योतिमा २५, सृष्टिकान्तमा ७ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । सोहि विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गर्न अभिभावकहरुले सुझाव दिएका छन् ।
चण्डेश्वरी मावी नालाबाट सबै भन्दा धेरै ६१ विद्यार्थी सहभागि भएका थिए । ३४ जना विद्यार्थी सबै विषयमा उर्तिण भए भने २० जना विद्यार्थी दुई विषयमा अनुर्तिण भए । उक्त विद्यालयमा ७ जना विद्यार्थी अनुत्तिर्ण भए । चैतन्य माध्यमिक विद्यालय बनेपामा ४० जना विद्यार्थी सहभागि भएकोमा १२ जना उर्तिण भए । १० जना दुई विषयमा अनुर्तिण भए । १८ जना २ भन्दा धेरै विषयमा अनुर्तिण भए ।
सामुदायिक मध्ये सबैभन्दा धेरै शिक्षा सदन माविमा फेल भएका छन् । जसमा २१ जना फेल भएका छन् भने २४ जना दुई विषयमा मात्रै उर्तिण भएका छन् । शिक्षा सदनमा जम्मा १० जना विद्यार्थी उर्तिण भएका छन् । बनेपाको जनज्योति माध्यमिक विद्यालयमा सहभागि भएका २५ जना विद्यार्थी मध्ये १९ जना फेल भएका छन् । ६ जना दुई विषयमा अनुर्तिण भएका छन् भने शुन्य विद्यार्थी उर्तिण भएका छन् । आजाद माध्यमिक विद्यालयमा ६ जना अनुत्तिर्ण भएका छन् भने १३ जना दुई विषयमा अनुत्तिर्ण भएका छन् । उक्त विद्यालयबाट २२ जना सहभागि भएका थिए । नैमिशारन्य विद्यालयका ७ मध्ये ४ जना विद्यार्थी उर्तिण भएका छन् । ३ जना विद्यार्थी दुई वटा विषयमा अनुर्तिण भएका छन् । चक्रज्योती स्कुलबाट ९ जना सहभागि भएकामा २ जना उत्तिर्ण भएका छन् । बाँकी ७ जना दुई विषयमा अनुर्तिण भएका छन् ।
नगरपालिकाले यो वर्ष सबै विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउने निर्णय गरेको छ । बैशाख २० गते भित्र उक्त विद्यालयहरुले फेल भएका विद्यार्थीहरुको ग्रेड बृद्धि परीक्षा लिएर नगरपालिकामा पठाउने छन् । संस्थागततर्फ भने नेपाल प्रहरीमा २ सय ४४, बेलरमा १ सय १४, काभ्रे सेकेण्डरीमा १ सय ६ जना र विद्या सागरबाट ९६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । नेपाल प्रहरीमा २ सय ३५ जना पास भएका छन् । ७ जना दुई विषयमा र २ जना २ विषय भन्दा धेरैमा अनुत्तिर्ण भए । बेलर स्कुलमा ४१ जना उर्तिण भए । ५७ जना विद्यार्थी दुई विषयमा अनुर्तिण भए । १६ जनालाई दुई भन्दा धेरै विषयमा अनुत्तिर्ण भए । काभ्रे मावीमा ६८ जना उत्तिर्ण भए । २७ जना दुई विषयमा र ११ जना दुई भन्दा धेरै विषयमा अनुत्तिर्ण भए । विद्यासागरमा ६६ उत्तिर्ण भए । २७ जना जना दुई विषयमा र ३ जना दुई भन्दा धेरै विषयमा अनुत्तिर्ण भए । बालबालिकाहरुको अध्ययन गर्ने बानी घट्दै जाँदा निजी विद्यालयमा समेत बालबालिकाहरु फेल हुने प्रतिशत बढेको छ ।









