2026 August 23/ 01:59: 27pm

    बनेपा/२०७७ असार ११ गते राति ११ बजे ४०÷५० जनाको समुहले हातहतियार सहित माला कुर्न बसेका १५ युवाहरु सहित घरधनी समेतलाई नियन्त्रणमा लिएर रोशी ५ नागबेली भन्ने स्थानबाट ९० लाख रुपैयामा खरिद गरिएको बुद्धचित्तको दाना लुट्ने मुख्य योजनाकार सागर भनिने रामकृष्ण  मैनालीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले उतिबेला नै पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उक्त समुहलाई समयमै नियन्त्रणमा लिन नसक्दा अपराधीक कृयाकलापमा सक्रिय समुहले २०८० चैत्र २९ गते रोशी ५ मा बुद्धचित्तको रुख काट्यो । 
    हातहतियार सहित विभिन्न मुद्दा मिलाउने नाममा सागर मैनालीको समुहले तथा काभ्रे जिल्लाका विभिन्न स्थानमा हतियार सहित चन्दा मागेका सूचना प्रहरीलाई दिँदा समेत वेवास्ता गरेको खुलासा भएको छ । प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेका ७६ वटा प्रमाण सहित २०७७ असोज २६ गते दर्ता भएको अभियोगपत्रमा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र नेपालले बैशाख २० गते सजायँ निर्धारण गर्न पेशी तोक्ने आदेश गरेका थिए । नेपालको न्याय प्रणालीमा देखिएको ढिला सुस्तिको फाईदा उठाउँदै अपराधी समुहले हतियार सहित विभिन्न स्थानमा चन्दा आतंक मच्चाएको थियो । बनेपाका विभिन्न विद्यालय, कलकारखाना, होटल ब्यवसाय र जनप्रतिनिधिहरुलाई समेत पत्र मार्फत र फोन मार्फत चन्दा संकलन गरिएको थियो । सिन्धुली र काभ्रेका केहि पालिकाका वडा अध्यक्षहरुलाई समेत उक्त समुहले बजेटको केहि प्रतिशत दिनु पर्छ भन्दै धम्कि दिएका थिए । 
    ‘हाम्रो जनअदालतमा तपाईका विरुद्ध उजुरी परेको छ’–पीडित जयराम थापालाई सागर मैनालीले फोन मार्फत भनेका थिए–‘मर्नु छ । लैजानु केहि छैन । किन दुख दिनु हुन्छ मिल्नुस ।’ मैनालीको समुह पेस्तोल सहित चार जनाको समुह लिएर बनेपामा निर्वाध हिड्ने गरेका थिए