ओभरलोड बोक्ने १ सय १४ टिपर कारवाहीमा
धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक, मातहतका प्रहरी युनिटहरु तथा बागमती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले शुरु गरेको संयुक्त प्रयासमा ओभरलोड ढुवानी गर्ने टिपरहरुलाई कारवाही अभियान तिब्र बनाईएको छ । जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधीमा १ सय १४ वटा ओभरलोड बोक्ने टिपरलाई कारवाही गरेको छ ।
बागमती टिपर ब्यवसायी संघले २०७८ माघ १० गते काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा रहेको सबै क्रसर तथा खानीहरुलाई ढाला भन्दा माथी सामान लोड नगरिदिन अनुरोध सहित पत्र पठाएको थियो । तर पनी खानी र क्रसरहरुले टिपरहरुलाई ढाला भन्दा माथी लोड नगर्न मानेका थिएनन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले एक महिना अवधीमा १ सय १४ वटा टिपरलाई कारवाही गरेसँगै ओभरलोड बोक्ने टिपरहरु हच्किएका छन् । ‘एक महिना अवधीमा ओभरलोड बोक्ने १ सय १४ वटा टिपर कारवाहीमा परेका छन्’–एसपी बसुन्धरा खड्काले भनिन–‘ओभरलोड बोक्ने टिपरहरुलाई पहिलो पटक सामान्य जरिवना, दोश्रो पटक अलिक धेरै जरिवना र तेश्रो पटक सार्वजनिक अपराधको मुद्दा चलाउने गरी कारवाही अभियान शुरु गरेका छौ ।’ कारवाहीबाट करिव ४ लाख भन्दा धेरै राजश्व संकलन भएको छ । टिपर चालकहरुले मध्यरातको समयमा साना साना गाडीहरु पनि सँगै लिएर आउने र ओभरलोड अनलोड गर्ने गरेका छन् । पहिलो पटक प्रहरीले जहाँबाट आएका टिपरहरु हुन् त्यहि फर्काउने गरी कारवाही शुरु गरेको छ भने लगातार त्यहि टिपरले ओभरलोड बोकेको फेला परे सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी कारवाही गर्ने तयारी गरेको छ ।
बामगती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले सबै क्रसर खानीलाईलाई पत्र लेख्दै त्यसको बोथार्ध जिल्ला प्शासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलाई बोधार्थ दिएका थिए । दुर्घटना न्यूनिकरण र मापदण्ड भन्दा धेरै सामाग्री ओसारपसार नियन्त्रणका लागि प्रहरी र ब्यवसायीहरुको संयुक्त प्रयास रहने टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले बताए । बागमती टिपर व्यवसायी संघले जिल्लामा रहेका ५२ वटा उद्योगलाई टिपरमा ओभरलोड नरिदिन पत्राचार गरेको थियो ।
बागमती टिपर ब्यवसायी संघ आफै सक्रिय
बागमती टिपर ब्यवसायी संघले हरेक चार महिनामा सडक दुर्घटना न्यूनीकरण, चालक सहचालकलाई प्रशिक्षण तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । दुर्घटना न्यूनीकरण गर्ने अभियानका क्रममा गोला प्रथाबाट दुर्घटना नगराउने चालकहरु मध्येबाट गोला प्रथाद्वारा विभिन्न आर्कषक सामाग्री उपलब्ध गराएर सम्मान गर्ने गरेको छ । पछिल्लो पटक चालक मोहनकुमार थापालाई वासिङ्ग मेशिन प्रदान गरिएको थियो ।
बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले ओभरलोड नबोक्न, तीव्र गतिमा सवारी साधन नचलाउन, आफ्नो कारण दुर्घटना नै हुन नदिन चालकहरुलाई निर्र्देशन दिदै आएका छन् । ‘तपाईका कारण तपाईहरुले चलाईरहेको सवारी साधन दुर्घटनामा नपरोस्’ – अध्यक्ष खत्रीले भने– ‘दुर्घटना पछिका अवस्था कहालीलाग्दा छन । भयावह अवस्था रोक्न दुर्घटना न्यूनीकरणको विकल्प छैन । दुर्घटना न्यूनीकरण हुन सके व्यक्ति र परिवारको खुसी चुडिँदैन ।’ ‘तपाईहरुले लार्पवाही रुपमा सवारी साधन संचालन गरेर भएको दुर्घटनामा संघ अभिभावक बन्न सक्दैन’– अध्यक्ष खत्रीले भने–‘तपाईहरुले गल्ती नगर्दा नगर्दै भएको दुर्घटनामा संघ अभिभावक बनिरहेको छ ।’
दुर्घटना न्यूनिकरणका लागि संघले चालकहरु बिरामी हुँदा उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने अन्य सुविधाहरु पनि थप गरेको छ । नियमित नवीकरण गराउने चालकहरुका लागि मात्रै उक्त सुविधा छ । काभ्रेपलाञ्चोक जिल्लाबाट दैनिक करिब एक हजार भन्दा धेरै टिपरहरु राजधानी उपत्यका प्रवेश गर्ने गरेका छन । जिल्लामा केहि महत्वपूर्ण आयोजनाहरु संचालन भईरहँदा दिउँसो संचालन हुने सवारी साधनको तुलनामा टिपरबाट हुने दुर्घटनामा ९५ प्रतिशत कमी आएको छ । तर पनि बागमती टिपर व्यवसायी संघले चालक, सहचालकका कारण हुने दुर्घटना न्यूनीकरण गर्न तीन–तीन महिनामा दुर्घटना नगराउने चालक सह–चालकहरुलाई पुरस्कृत गर्दै दुर्घटना नगराउने प्रतिबद्धता सहितको शपथ गराउँदै आएको छ ।









