धुलिखेल/बामगती सरकारद्वारा बर्षाै अघि पुल र सडक निर्माणका लागि विनियोजन गरेको बजेटबाट हुनु पर्ने निर्माण कार्य ब्यवसायी र सरकारकै कारण अलपत्र अवस्थामा छन् । ९४ प्रतिशत कार्य सम्पन्न भएका सडकहरुमा पर्याप्त बजेट नहुँदा अलपत्र छन् । नागरिकहरुले निर्माणका नाममा सास्ति ब्यहोरिरहेका छन् । ब्यवसायीहरुले समेत सडक निर्माणका क्रममा गरेको लार्पवाहिले नागरिकहरु अवाक्क भएका छन् । चालु वर्षमा १८ वटा पुल र १८ वटा सडक बहुबर्षीय योजनाका रुपमा बागमती प्रदेशबाट संचालन भईरहेका छन् ।
पिङ्गथली रजवास रोशी सडकमा ग्राभेलको काम ९४ प्रतिशत सकिएको छ । कात्तिके चुरीथुम्का सिपाघाट सडकमा ग्राभेलको काम ८० प्रतिशत सकिएको छ । त्यस्तै नगरकोट नयाँगाउँ कुन्ता सडकमा आसपाल कालोपत्रे निर्माण ८० प्रतिशत सकिएको छ । पनौती खोपासी ताल्ढुंङ्गा सडक निर्माणमा विनियोजित रकमको ७० प्रतिशत काम सकिएको छ । दाप्चा पिपलटार फलामेसाँघु शिखर गोकुले सडक कालापेपत्रेका लागि तयार भएको छ । उक्त सडकको ६७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । पिङ्गथली रजवास चारकिल्ला तीनखुट्टे देविटार घर्तिछाप गोकुले सडक महाभारत गाउँपालिकामा ८.८ किलोमिटर कालोपत्रे खण्डमा ६० प्रतिशत मात्रै कार्य सकिएको छ । पटक पटक म्याद थप गर्दा समेत उक्त सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन । शंखु दाहालटार बसेरी गहते तार्के खाक्सी वि पि रजामार्ग जोडने सडक बर्षाै देखि अलपत्र अवस्थामा छ । गेल्डुङ्ग गोल्माकोट सडक, नगरकोट पुच्छारी आशापुरी सडक निर्माण कार्य धिमे गतिमा छ । ब्यवसायीहरु समयमा काम नगर्ने, सरकार राजनीतिक आस्था र दवाबका आधारमा म्याद थप हुँदै आएको छ । बर्षाै हुँदासम्म निर्माण ब्यवसायीहरुरुले जिम्मा लिएका सडक निर्माण सम्पन्न हुन सकेका छैनन् ।









