2026 October 29/ 01:56: 01am

बनेपा/स्वास्थ्य कार्यालय काभ्रेको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको समन्वयमा बनेपाको बेलर ईन्टरनेशनल स्कुलमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण र विद्यार्थी सचेतना कार्यक्रम आयोजना गरेको छ ।
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख अनिता खनालको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सडक दुर्घटना न्यूनीकरणमा सरोकारवाला ब्यक्ति र संघ सस्थाले खेल्नुपर्ने भुमिकाका बिषयमा धारणा राखेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरे र स्वास्थ्य कार्यालयको तर्फबाट अनिता खनालले कार्यपत्र प्रस्तुत गरेक थिए । जिल्लामा चालू बर्षको पौष मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ वटा दुर्घटना भएका छन । १३ हजार सवारी कार्वाहीमा परेका छन । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरे र स्वास्थ्य कार्यालयको तर्फबाट अनिता खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लामा चालू बर्षको पौष मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ वटा दुर्घटना भएका छन् । १३ हजार सवारी कार्वाहीमा परेका छन् । 
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले दुर्घटना पछिका समस्या, दुर्घटना हुने कारण, सवारी लाईसेन्स, सवारी चलाउँदा मादक पदर्थ र लागू पदार्थ सेवन नगर्न र सिकेका कुरा घर परिवार र समुदायमा सचेत गर्न विद्यार्थीसँग अनुरोध गरिन । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, विद्यालयकी प्रिन्सिपल इन्दु थापा, सुरक्षा निकायका प्रमुखहरु, विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय प्रमुख अनिता खनालले विद्यार्थीहरुसँग पछि चालक र सह–चालकहरुलाई पनि प्रशिक्षण दिइने बताईन् ।