2026 October 29/ 01:56: 04am

    बनेपा/बुडोल सामुदायिक साकोसले स्थापनाको २५ औ वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको जिल्लास्तरीय माध्यमिक विद्यालय तहका लागि सहकारी निबन्ध लेखन प्रतियोगितामा विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत संरचना दाहाल प्रथम भएकी छिन् । 
    पुष २८ गते शनिबार बनेपामा आयोजित उक्त प्रतियोगितामा बेलर एकेडेमीमा अध्ययनरत कृपा राउत दोश्रो भईन भने आर्दश विद्या मन्दिरमा अध्ययनरत सन्जोग तिमल्सिना तेश्रो भए । त्यस्तै बालविकास विद्यालय धुलिखेलमा अध्ययनरत लामिन डोल्मा लामाले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । सहकारीले रजत महोत्सव मनाउने कार्यक्रममा विविध कार्यक्रमको आयोजना गरिरहेको छ । शिक्षा तथा प्रकाशन उप समितिका संयोजक प्रकाश भुर्तेलका अनुसार सहभागि विद्यार्थीहरुबाट उत्कृष्ट विद्यार्थी छनौट गरिएको हो ।