अध्यक्षमा रत्नकुश रंजितकार
बनेपा/आवर स्ट्याडण्र्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभाबाट पुन रत्नकुश रजिंतकारको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ ।
समितिको उपाध्यक्ष ठाकुर प्रसाद बजागाई, सचिब बुद्धभक्त रंिजत कोषाध्यक्ष सर्जुकुमार रंिजतकार सदस्यहरुमा रामकुमार श्रेष्ठ, रुविना मकै श्रेष्ठ, बुद्धरत्न मानन्धर रहेका छन् । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजक सुदिना रजिंत, सदस्य रजेश रजिंत र रोशना मानन्धर रहेका छन् ।
बनेपा नगरपालिकाले तयार गरेको सहकारी नियमावली २०८० र सहकारी संस्थाहरुको आन्तरिक अनुगमन तथा स्व मूल्यांकन मापदण्ड २०८० अन्र्तगत बनेपामा सहकारीले पहिलो साधारण सभा गरेको संस्थाका अध्यक्ष रत्नकुश रजिंतकारले बाताए । हामीले सहकारीको सिद्धान्त अनुसार नै सञ्चालन गर्दै आएको र हाल नगरपालिकाले जारी गरेको सहकारी नियमावली अनुसार साधारण सभा गरेको बताए । सदस्यहरुको विश्वासलाई मर्न नदिई शेयर सदस्यहरुलाई दिँदै आएकोे सेवा सुविधामा कमी हुन नदिने अधयक्ष रञ्जितकारले बताए । साधारण सभाको उद्घाटन वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष उद्धव सापकोटाले गरेका थिए । सापकोटाले सदस्यहरुको बचतको सुरक्षाको लागी थप रणनीतिहरुको विकास गर्दै वित्तिय सुरक्षा, संचालन प्रक्रियाको प्रभावकारीतामा बृद्धि गर्दै लैजानु पर्ने बताए । सहकारीहरुप्रति सदस्यहरुको गर्दै गएको विश्वासलाई आर्थिक, सामाजिक क्रियाकलापबाट पुरा गर्दै सदस्यहरुको विश्वास जित्नुपर्ने बताए । केहि सहकारीका कारण सम्पूर्ण सहकारी अभियान बिग्रिएको अबस्था नभएकाले त्यस्ता सहकारीहरुलाई राज्यले कार्वाहीको प्रक्रिया अगाडी बढाई सकेकाले सदस्यहरुले कारोबार गर्दा सचेत भई बुझेर मात्र सहकारीहरुमा कारोबार गर्नुपर्ने सापकोटाले बताए । कार्यक्रममा सस्थाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन सचिब बुद्धभक्त रञ्जीत, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्जुकुमार रञ्जीतकारले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन सुदिना रंजितले सभामा प्रस्तुत गरेकी थिईन् । संस्थाको कुल शेयर पुजीं ८० लाख ९४ हजार, निक्षेप १२ करोड ७५ लाख ७५ हजार, ऋण लगानी १२ करोड ९५ लाख रहेको छ । साधारण सभामा संस्थाका प्रबन्धक राजाराम घोरासाईनेले सहकारीको सिद्धान्त र भावनालाई आत्मसात गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागी अविचलित रुपमा आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिने बताए । सहकारीले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिबिर, रक्तदान लगाएतका कार्यहरु गर्दै आएको घोरसाईनेले बताए । साधारण सभामा सामाजिक ब्यक्तित्व सम्मान मणिराज श्रेष्ठ, जेष्ठ सदस्य महिला सम्मान रुकमणी डंगोल, उत्कृष्ट बचतकर्ता, हिराकाजी रंजीतकार, जेष्ठ शेयर सदस्य रत्नकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रत्नकुश रजिंतकारको सभापतित्वमा र सञ्चालक सदस्य रुविना मकै श्रेष्ठको सञ्चालनमा भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका सहकारी शाखा अधिकृत दिनेश प्रसाद पोखरेल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





