बनेपा/ सामुदायिक बन उपभोक्ता महासघं नेपाल जिल्ला कार्यसमिती काभ्रेको आठौ अधिबेशन केन्द्रिय अध्यक्ष तथा वागमती प्रदेश सांसद भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दे प्रमुख अतिथी पाठककले सामुदायीक वनहरुलाई उत्पादन मुखी र उद्योग मुखी बनाउनु पर्नेमा जोड दिनु भयो । बन मन्त्रालयले सामुदायिक वन बिरुद्धको ऐन ल्याएकाले सामुदायिक वन महासघं आन्दोलनमा रहेको र तुरुन्त उक्त ऐन सच्याउन तथा सरकार सगं वार्ताका लागी महासचिबको नेतृत्वमा वार्ता समिती बनाएको बताउनु भयो । सामुदायिक बनमा फलफुलका बिरुवा, तराकारी, कुरीलो, सिताके च्याउ लगाएतका बोटबिरुवा लगाई उपभोक्तालाई उत्पादन सगं जोड्नका लागी सबै सामुदायिक बन उपभोक्ता समितिहरु लाग्नस पर्ने बताउनु भयो । वनलाई गहनाका रुपमा सजाउन मात्रै नभई सहि सदुपयोग गरी उपभोक्ताको आम्दानी बढाउन लाग्न पाठकले सुझाब दिनु भयो । अहिले देशै भरी सामुदायिक वनहरुमा आगलागी भएकाले उपभोक्ताहरु सगं आगो निभाउने कुनै संयन्त्र औजार नभएकाले स्थानिय सरकार, प्रदेश र सघं सरकारले समन्वय गरी बन जोगाउन लाग्नु पर्ने र आगो लगाउनेलाई कडा भन्दा कडा कार्वहि गर्नु पर्ने पाठकले वताउनु भयो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासघंका महासचिब दिर्घ बहादुर शाहि, केन्द्रिय सदस्य शान्ता न्यौपाने, डिभिजन वन कार्यलयका डिएफो देविचन्द्र पोखरेल, वागमती वन महासघंका सदस्य भैरब केसी लगाएतले सबै उपभोक्ता, स्थानिय सरकारहरु मिलि वन जोगाउन लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा महासघंको सागंठानिक प्रतिबेदन अध्यक्ष तथा कार्यक्रमका सभापति विनोद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ५ सय ७९ सामुदायिक वन उपभोक्ता समुह समुदायलाई हस्तान्तरण गरिएको वताउनु भयो । ३० हजार ८ सय ७२ हेक्टर वन क्षेत्र समुदायलाई हस्तान्तरण गर्दा त्यस वाट ५९ हजार ४ सय ८६ घरधुरीका ३ लाख ४५ हजार २ सय ३२ जना लाभान्वीत भएको सापकोटाले वताउनु भयो । सामुदायिक वनलाई संरक्षण गरेर मात्र हुदैन अब ब्यबस्थापन तर्फ लागेर सामुदायिक वनका विपन्न उपभोक्ताको जिविकोपार्जनमा सुधार ल्याउन सामुदायिक वन उपभोक्ता लागेको सापकोटाले वताउनु भयो । सामुदायिक वन उपभोक्ताहरुले वनबाट प्राप्त हुने लालीगुराँस संकलन र प्रशोधन गरी जुस जाम, लप्सी केन्डी, अदुवा केन्डी,नेपाली कागज, बाँसबाट विभिन्न हस्तकलाका सामानहरु तय, निंगालोवाट डोको, डालो, नाङ्गलो लगाएतका सामाग्री तथा विक्रेट उत्पादन गरी विक्रि गर्दे आईरहेका छन् भने सामुदायिक वनमा खेर गईरहेको झाडी एवं काठ दाउरा तथा जडीबुटीका लागी काम नलाग्ने बस्तुहरुबाट कोईला उत्पादनको काम शुरु भएको वताईएको छ । अधिबेशनको वन्द सत्र बाट बाबुराम घिमिरेको अधयक्षतमा नयाँ कार्यसमिती चयन भएको छ ।





