बनेपा/काभ्रे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघमा दुई पटक केन्द्रिय सदस्यमा निर्वाचित, उद्योगी, ब्यवसायी, समाजसेवी काभ्रे बनेपा निवासी सुरकृष्ण बैद्य नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष पदमा अत्याधिक मतले विजयी हुनु भएको छ ।
५७ औ बार्षिक साधारण सभाबाट उपाध्यक्षमा निर्वाचित बैद्यलाई २०७८ सालको प्रवल जनसेवाश्री पदकबाट सम्मानित गरिएको थियो । उक्त पदक नयाँ वर्षको अवसर पारी २०८० बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नु भएको थियो । केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित बैद्य जिल्लाकै पहिलो उद्योगी ब्यवसायी हुन् । आर्थिक तरलता, कोरोना महामारीको चापका कारण विस्थापित हुँदै गएका उद्योगी ब्यवसायी, बंैकको ब्याजदरका कारण संकटमा पर्दै गएको ब्यवसाय तथा उपभोक्ताहरुको हितका लागि आवाज उठाउँदै आएका केन्द्रीय उपाध्यक्ष बैद्यले निरन्तर उद्योगी ब्यवसायी र उपभोक्ताहरुको हितका लागि काम गर्ने बताउनु भएको छ ।
त्यस्तै धुलिखेल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मञ्जुकुमार कोँजु केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।





