2026 October 28/ 01:53: 52pm

बनेपा÷आयाम बचत तथा ऋण सहकारी संस्था लिममिटेडले आफ्नो  १४ औ वार्षिक उत्सब मानब कल्याण समाज सेवा घर शखुंमा गई मनाएको छ । 
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत मानब कल्याण समाज सेवा घरमा खाध्यन्न प्रदान गरेको छ । संस्थाका कार्वाहक अध्यक्ष श्याम थापाले मानव कल्याण समाजकी संस्थापक सदस्य सुमीत्रा चौलागाईलाई खाध्यन्न हस्तान्तरण गर्नु भएको थियो ।  संस्थाका प्रवन्धक सविना पन्तले सहकारीले विभिन्न समयमा रक्तदान, स्वास्थ्य शिबिर, सदस्यहरुलाई राहत कोष लगाएत विभिन्न कार्यहरु गर्दे आएको वताउनु भयो । संस्थाको उक्त समाज घरमा चामल  तेल, दाल, गेडागुडी, साबुन लगाएतका खाध्यन्न सामाग्री प्रदान गरेको वताउनु भयो । संस्थाले पाँचखाल, भकुण्डेमा सेवा केन्द्र र बनोपाको चारदोवाटोमा मुख्य कार्यलयबाट सेवा प्रदान गरिरहेकेको पन्तले वताउनु भयो । संस्थाको चैत्र मसान्त सम्मको कुल शेयर पुजीं १ करोड ५४ लाख ४१ हजार, ऋण लागानी १२ करोड ४६ लाख ४६ हजार, बचत सकंलन ११ करोड ९७ लाख २६ हजार जम्मा पुजीं १६ करोड ४० लाख ८ हजार  रहेको पन्तले बताउनु भयो । हस्तानतरण कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारीका कार्यक्रम अधिकृत नवराज घोरसाईने, संस्थाका सचिब डम्बर लम्साल, कोषाध्यक्ष सुनिल चौलागाई, सदस्य देव नारायण तिमल्सिना लगाएतको सहभागिता रहेको थियो ।