2026 October 28/ 01:53: 56pm

बनेपा/ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले युकेजीमा अध्यनरत बालाबलिकाहरुलाई दिक्षित गरेको छ । 
दिक्षित पछि उनिहरु कक्षामा १ मा भर्ना गर्न सकिने विद्यालयले जनाएको छ । दिक्षित कार्यममा प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैधले स्वागत मन्तब्य राख्नु भएको थियो । बैधले प्ले ग्रुप देखी एम वि वि एस सम्म पढाई हुने उक्त प्रतिष्ठानमा २०७९ को कक्षा १२ को परिक्षामा ९० प्रतिशत विद्यार्थिहरुले उत्कृष्ट अकं ल्याई उतिर्ण भएका बताउनु भयो । प्रतिष्ठानले शिक्षकहरुलाई तालिम प्रदान गरी, विद्यार्थिहरुको क्षमता अनुसार र कमजोर विद्यार्थिहरुलाई विशेष कक्षा मार्फत अध्यापन गराउदै आएको बैधले बताउनु भयो । प्रतिष्ठानले जिल्लामा मात्रै नभई नेपालमै शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउदै आएको र अन्तर विद्यालयले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा जिल्लामै उत्कृष्ट बन्न सफल भएको बैधले वताउनु भयो । बैधले प्रतिष्ठानमा १ हजार २ सय भन्दा बढी विद्यार्थिहरुले अध्ययन गर्दे आएको समेत  बताउनु भयो । कार्यक्रममा युकेजीका ५० जना बालबालिकाहरुलाई दिक्षिति गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक सदस्य आत्माराम थापाले धन्यबाद ज्ञापन राख्नु भएको थियो भने शुभकामना मन्तब्य प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल, सहायक प्रिन्सिपल रत्न राज खतिवडा, सञ्चारकर्मि रोजन तामाङ, अभिभावक र्दिघलाल दोङ लगाएतले राख्नु भएको थियो । कार्यक्रम प्रतिष्ठानका प्रबनध निर्देशक प्रताप बैधको सभापतित्वमा सम्पन्न भएको थियो ।