2026 October 28/ 12:44: 48pm

    बनेपा/सत्ता निकट नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादी निकट विद्यार्थी संगठनले जिल्लामा पराजयको संकेत देखे पछि उम्मेदवारी दर्ताको दिन जिल्लाका अधिकांश क्याम्पसमा तालाबन्दी गरेका छन् । 
    नेविसंघ केन्द्र देखि नै दुईवटा प्यानलमा विभाजन भई बागि उम्मेदवार उठ्ने भयका कारण निर्वाचन स्थगन चाहन्थ्यो भने एकिकृत समाजबादी संगठन नै नभएका कारण पराजयका डरले रोक्न चाहन्थ्यो । पराजय हुने भएका कारण दुबै संगठनको सहमतिमा क्याम्पसहरुमा ताला लगाएको नेताहरुले बताएका छन् । उता अखिल क्रान्तिकारीले भने प्रभा क्याम्पस भित्र प्रहरी र प्रशासनका कर्मचारीलाई राखेर ताला लगाए पछि प्रहरी छतबाट हाम फालेर ताला खोलेका थिए । एमाले निकट अनेरास्ववियुले काभ्रे क्याम्पसमा लगाएको ताला खोलेको छैन तर चैतन्यमा लगाएको ताला खोलेको छ । काभ्रे क्याम्पसमा क्याम्पस प्रमुख केजी बयदारले काँग्रेसको आदेशमा नेविसंघ बाहेक अन्य संगठनलाई जित्न नदिन फर्जि विद्यार्थी भर्ना गराएकाले आफै निर्वाचन समितिले राजिनामा दिएको नौटंकी सहितको विज्ञप्ती निकालेर निर्वाचन रोकेका छन् । तालाबन्दी गरे पछि विद्यार्थी संगठनलाई वार्तामा बोलाउने वा उनिहरुका मागका बारेमा सम्बोधन गर्ने विषयमा क्याम्पस प्रशासन र निर्वाचन समितिले वेवास्ता गरेको थियो । बयदार काभ्रे क्याम्पसलाई नेपाली काँग्रेसको भातृ संगठनका रुपमा चिनाउन चाहन्छन् । विद्यार्थीहरुले क्याम्पसले शिक्षाका नाममा नीजि कलेजले जस्तो ब्यापार बन्द गर्नु पर्ने, विभेद अन्त्य गर्नु पर्ने लगायतका मागहरु राखिरहेका छन् । क्याम्पसले शुल्कका नाममा होस वा अन्य नाममा ब्यक्ति र संगठनका नाममा विभेद गर्दै आएको विद्यार्थीहरुको गुनासो छ । मासिक शुल्क तिर्ने विद्यार्थीले ३२ हजार र एकमुष्ट पहिला तिर्ने विद्यार्थीलाई २४ हजार लिने गरेको काभ्रे क्याम्पसले ७ दिन पढाएर ५ हजार लिएको विल बोकेर हिडेका छन् । यस्तै अनियमित कार्य रोकिने डरले क्याम्पस प्रशासन नेविसंघ बाहेक अन्य संगठनका हातमा स्ववियु जान नपाओस भनेर निर्वाचन नै नगराउने प्रपञ्चका साथ निर्वाचन समितिको राजिनामाको नाटक सहितको विज्ञप्ती प्रकाशन गर्दै निर्वाचन टार्ने प्रयास गरिरहेका छन् । आईतबार हुनु पर्ने निर्वाचनका लागि उम्मेदवारी दर्ता लगाएका कार्य जिल्लाका कुनै क्याम्पसमा पनि अझै हुन सकेका छैनन ।