2026 October 28/ 11:33: 03am

धुलिखेल/ धुलिखेल अस्पताल र पाँचखाल नगरपालिका विच पाँचखाल नगरपालिकालाई हेल्दि पाँचखाल स्वस्थ्य शहर बनाउने अभियानमा दुवै पक्ष विच सम्झौता भएको छ । 
पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल र अस्पतालका प्रोफेसर डा.बलराम मल्लले एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । नगरपालिकाले धुलिखेल अस्पताल बाट स्वास्थय सेवामा प्राविधिक सहयोग गर्ने, अस्पतालको स्याहार अर्गानिक कस्मेटिक उत्पादन कार्यक्रमका लागी  नगर।पालिकाले ३ सय रोपनी जग्गा उपलब्ध गराउने, उक्त जग्गामा एलोभेरा, तुलसी लगाएतका विभिन्न जातका विरुवा लगाउने, पाँचखाल नगरपालिका भित्र रहेका महिलाहरुको हाँस्दा, खोक्दा, हाच्छुय गर्दा पिसाब चुहिने (सोसल्स, मिनिसिल्ङ्गस) समस्यालाई अस्पतालले प्राविधिक सहयोग गरी उपचार गर्ने, जेष्ठ नागरिकहरुका लागी निशुल्क दाँत राख्ने, विभिन्न रोगहरुको उपचारका लागी शिबिरको आयोजना गर्ने, पाँखालको बालुवामा रहेको धुलिखेल अस्पतालमा सेवा थप गरी स्तोरन्ती गर्ने सम्झौतामा बताएको छ । नगरपालिका प्रमुख महेश खरेलले नगरमा स्वच्छ खानेपानि, शिक्षा, स्वास्थय र सडकलाई प्राथमिकता दिने बताउनु भयो । नगरपालिका सगं सम्झौता पछि  प्रत्येक घरपरिवारको स्वास्थ्य टिम खटाई रोगहरुको लागत तयार गरी कुन कुन रोग लगोका पत्ता लगाउने र त्यही अनुसारको उपचार गर्ने  बताउनु भयो । नगरबासीहरुको स्वास्थ्य उपचार गुणस्तरीय शिक्षा, शुद्ध खानेपानिका लागी नगरपालिका लागेको खरेलले बताउनु भयो । नगरलाई कृषि हब बनाउने र प्रविधि युक्त शिक्षामा जोड दिने खरेलले बताउनु भयो । कार्यक्रममा अस्पतालका संस्थापक प्रध्यापक डा. रामकण्ठ माकजुले अस्पतालले सबै नागरीकहरुलाई सर्व शुलभ रुपमा गुणस्तरीय सेवा दिदै आएको बताउनु भयो । कार्यक्रममा पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार, अस्पतालका विभिन्न विभागका डा.हरुको सहभागिता रहेको थियो । अस्पतलले सोहि कार्यक्रममा पाँचखाल नगरपालिकालाई ५० वटा अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको थियो ।