2026 October 28/ 11:33: 02am

पनौती/काभ्रे शिक्षा विकास प्रष्ठिानद्वारा सञ्चालित काभ्रे ईङ्गलिस माध्यमिक विद्यालयको २४ औ वार्षिक उत्सव पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी भणडारीले विद्यालयले पनौती नगरपालिकाको मात्रै नभई नेपालकै नाम राख्न सफल भएकोमा बद्याई र अझै अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्षम बनाउनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा काभ्रे ईङ्गलिसले महत्वपुर्ण भुमिका निभाएको भण्डारीले बताउनु भयो । पनौतीमा नगरले एकै खालको शिक्षा प्रदान गर्न खोजेको र गुणस्तरीयता, प्राविधिक शिक्षामा नगरपालिकाले सोचेको बताउनु भयो । नगरमा रहेको पनौती प्राविधिक शिक्षालय बाट नै धेरै विद्यार्थिहरुले सिप प्रदान गरेको वताउदै भण्डारीले अब सबै विद्यालयमा प्रविधि शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा विशेष अतिथी पनौती नगरपालिका उप प्रुमख गिता बन्जाराले भौतिक विकास मात्रै नभई बालबालिका हरुको शिक्षा, स्वास्थ्य खानेपानि र निर्माण हुने भवन तथा शौचालयहरु बालमैत्री स्तरका छन् की छैनन् त्यो महत्वपूर्ण रहेको बताउनु भयो । बालबालिकाहरुको भविष्यलाई विद्यालय नगरपालिका, अभिभावकहरुले समयमै सोच्नुपर्ने ब्यबहारीक, नैतिक शिक्षा प्रदान गर्नुपर्ने बन्जाराले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहाल, जिल्ला प्याब्सनका अध्यक्ष श्याम भुजेल, प्याबसनका प्रमुख सल्लाहकार पूर्ण कुमार श्रेष्ठ, प्याबसनका पदाधिकारीहरु, पनौती प्याब्सनका अध्यक्ष विमल न्यौपाने, बनेपा प्याब्सनका अध्यक्ष तथा काभ्रे माविका प्रिन्सिपल कुमार मानन्धर, विद्यालयका सञ्चालकहरु, विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल बसन्तराज नेपालले प्रस्तुत गर्नु भएको थियो । विद्यालयको स्थापना २३ वर्ष पछि आफ्नै भवन निमार्ण गर्न सफल भएको बताउनु भयो । ३ करोड २९ लाखमा ४ तले भवन निर्माण गरी सोही भवन बाट कक्षाहरु सञ्चालन भैई रहेको नेपालले वताउनु भयो । विद्यालयमा शैक्षिक सत्र २०७९ मा प्ले ग्रुप देखी कक्षा १२ सम्म ११ सय विद्यार्थीहरु अध्यापन गरिरहेका, विाद्यलयमा पढाईको अलवा अतिरिक्त कक्षाहरु समेत सञ्चालन गर्दे आएको बताउनु भयो । शैक्षिक प्रर्दशनी, शिक्षक हाजिरी प्रतियोगिता, जिल्ला स्तरीय टेबुल टेनिस, गुरु पूर्णिमामा सम्मान, हामी आफै सिकौ अभियान, विद्यार्थीहरुलाई शैक्षिक भ्रमण, मासिक परिक्षा जस्ता कार्यक्रमहरु गर्दे आएको नेपालले बताउनु भयो । 
कार्यक्रममा शैक्षिक पुरस्कार वितरण, विद्यागत उत्कृष्ट विद्यार्थी पुरस्कार, २०७७/०७८ का एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान, खेलकुद सप्ताह पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कक्षा ८ की छात्रा गरिमा सापकोटाले राख्नु भएको थियो भने सभापतित्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गरेका थिए ।