2026 October 26/ 07:35: 31pm

    बनेपा/काभ्रे उद्योग बाणिज्य संघको आयोजनामा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । अध्यक्ष राजेन्द्र पसक्षेंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ वटा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुका साथै राजनीतिक दलका प्रमुख, प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    महासचिव रविन्द्र बैदारले सचालन गर्नु भएको कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपाका प्रमुख शान्तिरत्न शाक्य लगायतले स्थानीय सरकार उद्योग बाणिज्य संघ मिलेर गर्न सकिने धेरै कार्यमा सहकार्य गर्ने प्रस्ताव गरेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, बागमति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।