2026 October 27/ 07:51: 45pm

    बनेपा/राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती काभ्रेको चुनाबी सभा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    लिङदेनले ३० वर्ष सम्म राजनीतिक पार्टीले सरकार चलाए अहिले सम्म के परिवर्तन भयो ? जनताले सोध्ने बेला यहि भएको बताउनु भयो । देशमा भ्रस्ट्राचार मौलाउँदै गयो, एमसिसि, लाउडा काण्ड, बालुवाटार जग्गा जस्ता दर्जनौ भ्रस्टाचार बढेको भन्दै लिङदेनले यस पटक राप्रपालाई भोट राख्न आग्रह गर्नु भएको थियो । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहिले १७ महिना एकल सरकार चालाउँदा दलहरुले बाँडेर भ्रष्टचार गर्न नपाएर गणतन्त्रको नाममा ब्रम्हलुट गरेको लिङदेनले आरोप लगाउनु भयो । नेपाललाई ढिलो चाँडो हिन्दु राष्ट्र घोषणा गर्ने र राजतन्त्र र्फकने लिङदेनले बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य भुवन पाठक, ज्ञानेन्द्र शाही, रेखा थापा, उदय सिं मुस्याजु लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।