2026 October 27/ 02:56: 50pm

परीक्षा केन्द्र तोकियो, धमाधम तयारी
    धुलिखेल/स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा एसईई र निर्वाचन सकिए लगत्तै जेठ दोश्रो साता कक्षा १२ को परीक्षा तोकिए सँगै धमाधम तयारी शुरु गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता बैशाख ११ र १२ लाई तोकिएको छ भने परीक्षा बैशाख ९ गतेबाट २० गतेसम्म हुनेछ ।
    एसईई परीक्षाका लागि जिल्लाबाट ६ हजार ९ सय ७७ विद्यार्थी सहभागि हुँदैछन् । ४० वटा परीक्षा केन्द्रमा २ सय २४ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । जसमा अनौपचारिक केन्द्रतर्फ २ सय ५६ जना विद्यार्थी छन् भने खुल्ला विद्यालय तर्फ २५ जना छन् । एक्जाम्टेड तर्फ ९ र प्राविधिक तर्फ १ सय ५२ जना छन् । जिल्लामा कृषि, इन्जिनियर, इलेक्ट्रोनिक विषयमा विभिन्न विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि बनेपाको शिक्षा सदन केन्द्र तोकिएको छ । गतवर्ष जस्तै परीक्षा केन्द्रहरु कायम गरिएको शिक्षा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्कीले बताउनु भयो । परीक्षाका लागि केन्द्राध्यक्ष चयन गर्ने तथा अन्य तयारी धमाधम भईरहेको छ । जिल्लामा पाँच वटा प्राथमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सोहि विद्यालयमा माध्यमिक तहका शिक्षकहरु वा सोहि विद्यालयका प्रधानाध्यापक मध्ये कसलाई केन्द्राध्यक्ष राख्ने निर्णय भएको छैन ।
    त्यस्तै निर्वाचन सकिए लगत्तै जेठ दोश्रो साता कक्षा १२ को परीक्षाका लागि जिल्लामा २३ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि ९२ वटा विद्यालयका ४ हजार ७ सय ४२ जना विद्यार्थी सहभागी हुनेछन् । गत वर्ष कायम गरिएका केन्द्र तोकिए पनि विद्यालय हेरफेर गरिएको छ ।