2026 October 27/ 11:53: 37am

    पाँचखाल/शिक्षासेवी, समाजसेवी एवं एमाले काभ्रेका जिल्ला सदस्य जगन्नाथ अधिकारीको ५० वर्षको उमेरमा ह्दयघातका कारण निधन भएको छ । 
    पाँचखाल निवासी अधिकारीको बनेपा स्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा निधन भएको हो । उहाँ नेकपा एमाले काभ्रेको दशौ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्य हुनुुहुन्थ्यो । एमाले काभ्रेले कोरोना भाईरसको संक्रमणका कारण सपथ कार्यक्रम केहि पर सारेको थियो । सपथ कार्यक्रम आयोजना नहुँदै जिल्ला कमिटी सदस्य अधिकारीको निधन भएको छ । प्याब्सन काभ्रेका पुर्व अध्यक्ष, पाँचखालका विभिन्न शैक्षिक संस्थामा नेतृत्वदायी भूमिका खेलेका शैक्षिक ब्यक्तित्व अधिकारी राजनीति र सामाजिक क्षेत्रमा पनि उत्तिक्कै कृयाशिल थिए । उहाको निधनले सिङ्गो काभ्रे जिल्लाको शैक्षिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । अधिकारीको निधनमा एमाले काभ्रे तथा स्थानीय कमिटीहरु, शैक्षिक क्षेत्रका ब्यक्तिहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् । अधिकारीको पार्थिव शरिरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरेका छन् । एमाले काभ्रेले अधिकारीको निधन प्रति शोक ब्यक्त गरेको छ ।