2026 October 25/ 07:13: 09pm

जेष्ठ मजदुरलाई नगद १ लाख ५ हजार सहित सम्मान
    धुलिखेल/यातायात क्षेत्रमा सक्रिय भई लामो समय ब्यतित गर्नु भएका यातायात मजदुरलाई जेष्ठ मजदुर सदस्यका रुपमा धुलिखेलमा सम्मान गरिएको छ । 
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाईले आयोजना गरेको कार्यक्रममा जेष्ठ यातायात मजदुर सम्मानबाट यो वर्ष टुंडे रानामगरलाई  सम्मान गरिएको धुलिखेल रुट इकाईका अध्यक्ष अर्जुन लामाले बताउनु भयो । ‘हरेक वर्ष आयोजना गरिएको सम्मान कार्यक्रम जेष्ठ यातायात मजदुर र उत्कृष्ट चालक र परिचालकलाई समेत सम्मान गर्दे आएका छौं’–अध्यक्ष लामाले भन्नुभयो–‘यसले लामो समयसम्म यातायात क्षेत्रमा स्थापित गराउने र सुरक्षित रुपमा सवारी चलाउँदा सम्मानबाट हौसला मिल्ने रहेछ । २० जना जेष्ठ मजदुरहरुलाई नगद १ लाख ५ हजार सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरि सकिएको उहाँले बताउनु भयो । संगठनले  प्रत्येक वर्ष फागुपुर्णिमा दिनमा चालक सहित उहाँहरुलाई उत्कृष्ट बनाउन सहयोग पु¥याउने उहाँका श्रीमती सहितलाई सम्मान गर्दे आएको छ ।  तर यस वर्ष आवश्यकता अनुसार जेष्ठ सदस्यको सम्मान गरिएको लामाले बताउनु भयो । संगठनले समस्यामा परेका र  विरामी  मजदुरहरुलाई उपचार र थप सहयोग गर्दै आएको छ । 
 सम्मान कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला  जेष्ठ सदस्य राईले सगंठनका जेष्ठ सदस्य टुंडे रानामगरलाइ सम्मान गर्नु भएको थियो ।  राईले सगंठनले मजदुरहरुको हक हितका लागि खेलेको भूमिका, राज्यको दायित्व र ब्यवसायीसँगको सहकार्यको विषयमा मन्तब्य राख्नु भएको थियो । संगठनले ४ वर्षमा जिवन चलाउन अत्यन्तै कष्टकर भएका ५६ जना मजदुरहरुलाई उपचार सहयोग र अन्य समस्या परेका मजदुरहरुलाई सहयोग  गरेको राईले बताउनु भयो । लकडाउनका कारणले यातायात क्षेत्रबाट २ लाख मजदुरहरु पलाएन भएको राईले बताउनु भयो । मजदुरहरुलाई रत्नपकार्कमा पार्किङ्गको समस्या, ट्राफिक समस्या, भाडा समायोजन नभएका जस्ता धेरै समस्या भएकाले राज्यले चाँडो भन्दा चाडो समाधान गर्नु पर्ने राईले बताउनु भयो । कार्यक्रममा धुलिखेल रुट ईकाइ देशकै नमुना भएकाले सम्पुर्ण मजदुर सघं सगठनले यसै बाट सिक्नु पर्ने महासबिच विदुर घिमिरेले वताउनु भयो । मजुदरहरुका समयस्या देखी राहत वितरण, उपचार खर्च लगाएतका विषयमा धुलिखेल मजदुर सगंठन उत्कृष्ट भएको घिमिरेले बताउनु भयो । मजदुरहरुलाई पनि अनुशासित भई आफ्नो पेशालाई मर्यादित बनाउन घिमिरेले आग्रह गर्नु भएको थियो । कार्यक्रममका विशेष अतिथि काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले लकडाउनले गर्दा ब्यबसायीहरु समेत सकंटमा परेकोले राज्यले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । मजदुर र ब्यबसायीहरु बिच सहकार्य गर्दे ब्यबसायलाई अनुशासित र मर्यादित बनाउनु पर्ने शाक्यले बताउनु भयो । कार्यक्रममा काभ्रे बस प्रालिका  सचिव कविर रञ्जित, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, सह सचिव राम बैद्य,  नेपाल यातायात स्वातन्त्र मजदुर संगठन बागमति प्रदेश सदस्य बेद प्रसाद घिमिरे, धुलिखेल रुटका उपाध्यक्ष, सचिब होम बहादुर श्रेष्ठ लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संगठनका अध्यक्ष र्अजुन लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।