2026 August 21/ 10:15: 16pm

उद्धबप्रसाद अधिकारी/पाँचखाल 
    पाँचखालमा एक महिलाले घरेलु हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन् । हरेक दिन श्रीमानले मादक पदार्थ सेवन गरी दुख दिने गरेका कारण उनिहरु बीच सम्वन्ध राम्रो थिएन । 
    पाँचखाल नगरपालिका वडा नम्बर १२ दनुवार बस्तीकी वर्ष ३५ की राममया दनुवारले आफ्नै श्रीमान ३९ बर्षिय निराजन दनुवारलाई घरेलु हतियार हसिँया प्रयोग गरी हत्या गरेको बालुवा प्रहरी चौकी हवल्दार अनिलकुमार कानुले बताउनु भयो । उनिहरुको पारिबारीक झगडाको निहँुमा सधै जस्तो झगडा हुने छिमेकीहरुले वताएका छन् । मृतका हत्या आरोपिलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको हवल्दार कानुले कानुले बताउनु भएको छ  । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले घटनाका बारेमा थप अनुसन्धान भईरहेको बताउनु भयो ।