2026 August 21/ 10:15: 06pm

उद्योग बाणिज्य संघमा निर्वाचितलाई बधाई र शुभकामना
    धुलिखेल/निर्माण ब्यवसायी संघ काभ्रेले काभ्रे उद्योग बाणिज्य संघमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना र संघले आयोजना गरेको क्षमता विकास तथा भाषणकला तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको छ । 
    अध्यक्ष उपेन्द्र घिसिङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य चन्द्र लामाले युवाहरुको जोस, जाँगर र क्षमतालाई सहि स्थानमा ब्यवस्थापन गरी मुलुक समृद्धको बाटोमा अघि बढाउनु पर्ने बताउनु भयो । ब्यवसायमा युवाहरु सक्षम हुँदै गएकाले रोजगारको बृद्धी भएको, आर्थिक रुपले पनि सक्षम बन्दै गएको प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, प्रशिक्षक विकासदेव योञ्जन, निर्माण ब्यवसायी संघ काभ्रेका बरिष्ठ उपाध्यक्ष विजय लामा, ब्यवसायी अमित लामा लगायतले मन्तब्य राखेका थिए ।     संघले आयोजना गरेको तालिममा २५ जना ब्यवसायीहरु सहभागि थिए । चैत्र ११ देखि १५ गतेसम्म उक्त कार्यक्रम आयोजना गरिएको थियो । 
    यसअघि उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई पनौती नगरपालिकाले बधाई तथा शुभकामना ब्यक्त गरेको थियो ।