2026 August 22/ 02:48: 54pm

    बनेपा/बनेपा नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत योजना अनुसार चण्डेश्वरी मन्दिरबाट गोसाईस्थानसम्म १ हजार ६ सय वटा सिंढी निर्माणका लागि डिपिआर तयारी गरी सरोकारवालासँग परामर्श गरिएको छ । 
    ‘बनेपा नगरपालिकामा आउने पर्यटकहरु तथा नगरबासीहरुको हितका लागि मन्दिरसँगको खोला छेउबाट गोसाईस्थानसम्म पदमार्ग निर्माण गर्ने उद्देश्यले १ हजार ६ सय वटा सिँढी निर्माण गर्न लागिएको छ’– नगर प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘धार्मिक, ऐतिहासिक, साँस्कृतिक हिसाबले महत्वपूर्ण दुई प्रमुख धार्मिक स्थल जोड्ने पदमार्गले बनेपाको समृद्धमा थप ईटा थप्ने छ ।’ 
    जिल्ला समन्वय प्रमुख उद्धब के.सीको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा सरोकारवालाहरुले समयमै आयोजना सम्पन्न गर्न सुझाव प्रस्तुत गरे । समन्वय समिति प्रमुख केसीले योजना अत्यन्तै राम्रो भएकाले योजना निर्माण गर्दा उक्त क्षेत्रमा पार्किङ्ग, विभिन्न जात जातिका विरुवा तथा फुलहरु, पानी, लगायत पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । नगरपालिका मात्रै नभई आन्तरिक पर्यटनका लागी धार्मिक तथा ऐतिहासीक गोसाईस्थानसम्मको पर्यटन पदमार्गले पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने उहाँले बताउनु भयो । 
    बनेपा नगरपालिकाका पूर्व नगर प्रमुख डा.सुरेन्द्र बहादुर बादे श्रेष्ठले उक्त सिँढीमा नगरपालिकाले योजना बनाई स्थानीय बासिन्दाको समेत सहभागिताका लागि आब्हान गर्न अनुरोध गर्नुभयो । चण्डेश्वरी देवीको मन्दिर हुँदै गोसाईथान सम्मको सिंढी निर्माण कार्यमा गुणस्तरीयतामा ध्यान दिई निर्माण पश्चात संरक्षणका लागी ५ वर्ष सम्म नगरपालिकाले संरक्षण गर्ने कार्ययोजना बनाउनु पर्ने उहाँले बताउनु भयो ।
    नगर प्रमुख लक्ष्मी नरसिं बादेले उक्त योजना बनेपा नगरपालिकाको महत्वपूर्ण योजना रहेकाले सबै नगरबासीहरुको सहभागिता रहने बताउनु भयो । बनेपा नगरपालिका भित्र धेरै पर्यटक स्थल रहेको हुँदा उक्त योजना सम्पन्न पश्चात थप आन्तरीक पर्यटकको आर्कषक स्थल बन्ने नगर प्रमु्ख बादेले बताउनु भयो । बादेले नगरबासीहरुलाई स्वास्थ्य, मनोरञ्जन, स्वच्छ वातावरण, आन्तरिक आय धार्मिक तथा संस्कृतिको संरक्षण हुने बताउनु भयो । नगरपालिका भित्र नाला टनचोक, हिलेजलजले, आशापुरी, बासुकी थुम्का जस्ता पर्यटन क्षेत्र भएकाले नगरमा आन्तरीक पर्यटनको बृद्धि हुदै गएको प्रमुख बादेले बताउनु भयो । नगरमा विकासका कामहरु तिब्र रुपमा अगाडी बढेको हुदाँ सम्पूर्ण नगरवासीहरुको विकास निर्माणमा सहभागिता हुनुपर्ने बताउनु भयो । कोरोनाको समयमा समेत विकास निर्माण अगाडी बढेकाले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पुरा गरिरहेको नगर प्रमुख बादेले बताउनु भयो । 
    प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले चण्डेश्वरी मन्दिर हुँदै गोसाइसर््थानसम्म निर्माणका लागी १ हजार ६ सय सिँढी निर्माण हुने बताउनु भयो । उक्त स्थानमा २ वटा पार्किङ्ग, २ वटा शौचालय, पिकनिक स्पोर्ट, बगैचा, जिम सेन्टर, मर्निङवाक रुट, भ्युटावर लगायत निर्माण हुने उप्रेतिले बताउनु भयो । उक्त योजना निर्माणका लागी नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ मा २ करोड ५० लाख र संघीय सरकार पर्यटन मन्त्रालयबाट ३ करोड ३० लाख गरी जम्मा ५ करोड ८० लाखमा निर्माण हुने बताउनु भयो । उक्त क्षेत्रमा सम्पुर्ण सुविधा सहित संरचना बन्ने र बनेपाको लागी आन्तरिक पर्यटनमा थप टेवा पुग्ने उहाँले बताउनु भयो । 
    डिभिजन बन अधिकृत देवीचन्द्र पोखरेलले प्रदेश सरकार वन मन्त्रालय सँग स्विकृत लिई योजना अगाडि बढाउनु पर्ने बताउनु भयो । सरकारको योजना नै पर्यटन क्षेत्रमा सहयोग गर्ने भएकोले डिभिजन बन कार्यालयले उक्त योजना सम्पन्न गर्नका लागी समन्वय गर्ने बताउनु भयो । स्थानीय सामुदायिक बन उपभोक्ता समितिसँग सहमति लिई योजना अगाडी बढाउन सुझाव दिनु भएको थियो । 
    गोसाईस्थान सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापा, चण्डेश्वरी बन उपभोक्ता समितिका सचिव हर्षनारायण कर्माचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द के.सी, नगरपालिका जनसम्पर्क अधिकृत जुजुभाई सुद्धाकार, चण्डेश्वरी छाना सुधार समितिका सदस्य नेपाल सुधार भैल, संस्कृतबिद् ज्ञानकाजी मानन्धर, समाजसेवी हरिभक्त भोछिभोया, बनेपा नगरपालिका ईन्जिनियर सुरेसकुमार श्रेष्ठ, चण्डेश्वरी टोल सुधार समितिका अध्यक्ष श्याम सेवाचार्य लगायत संघ संस्थाहरुको सहभागीता रहेको थियो । उक्त योजना आगामी २ वर्ष सम्ममा सम्पन्न गर्ने योजना रहेको बताएको छ ।