2026 August 20/ 12:42: 29am

धुलिखेल/स्वास्थ तथा जनसंख्या मन्त्रालयले खोप सेवा सञ्चालन गर्दा अपनाउनु पर्ने मार्गदर्शन अपनाउँदै सामाजिक दुरी कायम राखी व्यक्तिगत सुरक्षा समेतलाई मध्येनजर गर्दै दादुरा रुबेला खोप अभियान शुरु गर्न निर्देशन दिए लगत्तै जिल्लामा दोश्रो चरणको दादुरा रुबेला खोप अभियान शुरु हुने भएको छ । 
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार पहिलो चरणको दादुरा रुबेला खोप अभियान लकडाउनको केहि दिन पछि सम्म संचालन भएको थियो । दोश्रो चरणको खोप अभियान शुरु गर्ने तयारीका साथ पालिकाहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । त्यस्तै नयाँ खोप रोटा तथा सरसफाई प्रवद्र्धन कार्यक्रम समेत सञ्चालन गर्न गराउन सबै पालिकाहरुलाई समितिले अनुरोध गरेको छ । नियमित खोप केहि दिन अघि देखि संचालन भएको छ ।