2026 August 19/ 10:27: 05am

फ्रान्स बाट दाेहा–काठमाडाै चैत्र ४ गते अर्थात मार्च 18 तारिखका दिन आएको कतार एयरवेजकाे फ्लाइट नं QR 650 मा बनेपा नपा वडा न 2 नालाका एक ब्याक्ति भएको पाइएको छ । बनेपा नगरपालिका वडा न २ का सरोज दाहाल नगरपालिकाको सम्पर्कमा आएर धुलिखेल अस्पतालमा चेक गरेर घर मै सेल्फ क्वरेन्टाइन मा बस्ने गरि घर फर्केका छन। जुन फ्लाइट बाट आएकी एक युवती सङक्रमित भएको पुष्टि हिजो स्वास्थ मन्त्रालय ले गरेको थियो ।उक्त विमान बाट नेपान आउने मा धुलिखेल ९ पानीट्यान्कीका शिवराम हुमागाइ सम्पर्कमा आएका छन । अन्य दुई ब्यक्ती बाग्लुङ अस्पतालमा भर्ना भएको बुझिएको छ ।