2026 June 06/ 04:00: 29am

रामगोपाल घले 
प्रवन्धक
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. 
धुलिखेल—४, काभ्रेपलाञ्चोक

१. अटल पाँचकुण्ड सहकारीको अवस्था बारेमा वताई दिनुहोस न ?
    यो साकोस सहकारी सिद्धान्त, मूल्य र मान्यता अनुसार संचालित समुदायमा आधारित संस्था हो । बनेपा न.पा. का गोसाईकुण्ड साकोस र पाँचकुमारी साकोसबीच एकीकरण भै पाँचकुण्ड साकोस गठन भएको र तत्पश्चात धुलिखेल न.पा. को अटल साकोस संग पुनः एकीकरण भै मिति २०७३ चैत्र १५ गते देखि अटल पाँचकुण्ड साकोस संचालन भएको हो । यसले सहकारीताका माध्यमबाट आŠना सदस्य लगायत समुदायकै आर्थिक र सामाजिक सशक्तिकरण गर्ने उद्देश्य राखी विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ । हाल यसको २००० भन्दा बढी शेयर सदस्य र ६०० भन्दा बढी बाल बचत कर्ताहरुलाई सेवा प्रदान गर्दै आएको छ । यस संस्था हाल १९ करोड ६६ लाख कुल सम्पत्तिमा रहि सदस्यहरुलाई कर्जा प्रवाह लगायत अन्य सेवा सुबिधा प्रदान गरिरहेको छ । यसको धुलिखेल—४, २८ किलोमा प्रधान कार्यालय र बनेपा ६ बुडोलमा सेवा केन्द्र संचालनमा रहको छ।

२. अटल पाँचकुण्ड साकोसले सदस्यहरुलाई के–के सुविधाहरु प्रदान गरेको छ ? 
    यस संस्थाको मुख्य उद्देश्य भनेको सदस्यहरुबाट निक्षेप संकलन गरी सदस्यहरुमा नै ऋण लगानी गरी सदस्यहरुको सम्पूर्ण बित्तीय समस्याहरुको समाधान गर्नु नै हो । त्यस बाहेक पनि सदस्यहरु प्रतिको उत्तरदायित्व बहन गर्दे दुर्घटना बीमा, सदस्य मृतक सहानुभूति राहत, स्वास्थ्य उपचार सहयोग, सुत्केरी स्याहार सहयोग, सदस्यहरुको भ्रमण कार्यक्रम, बाल बचतकर्ताहरुलाई अतिरिक्त क्रियाकलापहरु, बिदाको दिन काउण्टर सुबिधा लगायतका सेवाहरु प्रदान गरिरहेको छ भने समुदाय भित्रका सबैलाई सेवा पु¥याउन स्वास्थ्य शिविर, सरसफाई र रक्तदान जस्ता कार्यक्रमहरु पनि संचालन गरी सुविधाहरु दिदै आएको छ । 
३. अटल पाँचकुण्ड सहकारीको भावी योजनाहरु के के रहेका छन् ? 
    यस संस्थाको भावी योजना भनेको समुदायको लागि भरोसा योग्य र  समृद्ध वित्तीय सहकारी संस्थाको रुपमा खडा भै उपलब्ध स्रोत साधनको अधिकतम् उपयोग गरी सदस्यहरुलाई दिईदै आएको सुबिधाहरुमा थप बृद्धि गर्दै छिटो छरितो सेवा उपलब्ध गराउने नै हो । यसका लागि हामीले त्रिबर्षीय कार्य योजना तयार गरी यसै बर्ष देखि कार्यान्वयनमा ल्याईसकेका छौं ।

४. सहकारी ऐन २०७४ ले अटल पाँचकुण्ड साकोसलाई कस्तो असर वा फाईदा पुगेको छ ? सहकारीलाई लगानी मैत्री बनाउन कस्तो ऐन आउनु पर्छ ?
    सहकारी अभियन्ताहरुको धेरै बर्ष देखि सहकारी ऐन नियमलाई परिमार्जन गरी सहकारी मार्फत मुलुकको अर्थतन्त्रलाई गतिशील र सुदृढ बनाउन राज्यसँग माग गर्दै आएकोमा सो मागलाई धेरै हद सम्म समाधान हुने गरी सहकारी ऐन २०७४ र निमावली २०७५ जारी भएको छ । यो सहकारीकर्मीहरुको लागि खुशीको कुरा हो । सहकारीले सदस्यहरु बिच मात्र कर्जा प्रवाह गर्नु पर्ने र सदस्यहरुको आŠनो ब्यवसायको नामबाट कर्जा लिन नपाउने कारणले केही समस्याहरु बाँकी नै छन् भने कतिपय प्रदेश र स्थानीय तहहरुबाट समयमै सहकारी ऐन नियमावली जारी नहुँदा समेत समस्या पर्ने गरेको छ । हामै्र सन्दर्भमा भन्ने हो भने ३ नं. प्रदेश सरकारले हाल सम्म सहकारी ऐन जारी गरेको छैन । त्यस्तै राज्यले सहकारीको सिद्धान्त मर्म र भावना बुझेका कर्मचारीहरुको समयमा नै पदस्थापन गर्न नसकेको कारणले पनि अहिले सहकारी क्षेत्र संक्रमणकालीन अन्यौलबाट गुज्रिरहेको छ।ं
५. सहकारी सहकारी बिच नै अस्वस्थ प्रतिस्पर्धाप्रति यहाँको धारण के रहेको छ ? 
    सहकार्यको आधारमा चल्न पर्ने सहकारी संस्थाहरु बीच नै अस्वस्थ्य प्रतिस्पर्धाको अवस्था देखिनु यस अभियानको दुर्भाग्यपूर्ण पक्ष हो । सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुसार चल्नु भन्दा पनि सहकारी ऐन नियमका सुबिधाहरुलाई दुरुपयोग गरी आŠनो स्वार्थ पूर्ति गर्नेहरुलाई नांगेझार पारी राज्य पक्ष र सहकारी कर्मीहरुले पनि कानुन अनुसार दण्डित गर्नु पर्छ भने समुदायमा आधारित सहकारीहरु भने एकीकरण हुँदै जानुपर्छ ।   
६. अटल पाँचकुण्ड सहकारीको कार्यक्षेत्र कहाँ कहाँ रहेको छ ? सहकारीले एकीकरणको नीति लिएको छ         कि छैन ? 
    यस संस्थाको कार्यक्षेत्र हाल धुलिखेल नगरपालिका र बनेपा नगरपालिका रहको छ । सहकारीको एकीकरण नीतिको बारेमा भन्नु पर्दा यस अटल पाँचकुण्ड साकोस नै ३ वटा सहकारीहरु एकिकरण भएर बनेको संस्था हुँदा सहकारी एकीकरण कालागिे यस संस्था सदैव सकरात्मक नीति लिएर अगाडि बढी रहेको छ भने अहिले पनि केहि सहकारी संस्थाहरुसँग एकिकरणको लागि कुराकानी अगाडि बढिरहेको छ ।
७. सहकारीहरुले अझै सदस्यहरुको मन र भावना  जित्न सकेका छैनन्, सहकारीहरुलाई अझै         ब्यवस्थित गर्न के गर्नु पर्ला ?
    तपाईको प्रश्न आंशिक रुपमा सत्य भए पनि पूर्णरुपमा सत्य होईन । सबै सहकारीहरुलाई एउटै डालोमा हालेर मूल्यांकन गर्नु उपयुक्त हुँदैन । हाम्रो संस्था धुलिखेल नगरपालिकाको स्थापना दिवसको अवसरमा  २०७५ फागुन ५ गते समाज सेवा पदक ‘ख’ बाट सम्मानित भएको  छ। हाम्रै वरीपरी त्यस्ता कयौं सहकारी संस्थाहरु तपाईंहरुले देख्नु भएको छ जसले ठुला ठुला राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पदक, पुरष्कार र सम्मानहरु पाएका छन् । अन्य जिल्लाहरुमा समेत सदस्य र समुदायको इमान्दारीपूर्वक सेवा गरेका संस्थाहरु प्रशस्तै छन् । के सदस्यहरुको मन र भावना नजित्ने संस्थाहरुले यस्तो सम्मान पाउन सक्छन् र ? यसो भन्दैमा सहकारीको साईनबोर्ड राखेर कमाउ धन्दामा लागेका संस्थाहरुलाई माफीदिनु भने हुँदैन । तिनलाई कानून बमोजिम कारवाही गर्न ढीला गर्नु हुँदैन ।
८. सहकारीलाई सदस्य केन्द्रित बनाउन सकिंदैन ? कस्तो अभियान ल्याएको छ सदस्यहरुलाई सहकारीले ? 
    सकिन्छ । कतिपय संस्थामा भै रहेको पनि छ। यस्कोलागि सहकारीकर्मीहरुकै इमान्दारी पूर्ण प्रयास र राज्य पक्षको समेत सुस्पष्ट नीति दृष्टिकोण हुन पर्दछ । समय सापेक्ष नीति, बिधि र प्रविधिको प्रयोग गरी नाफामुखी भन्दा सामुदायिक स्तरबाट सदस्यहरुमा सामाजिक तथा आर्थिक विकासमा साथ दिदै जाने अभियान रहेको छ ।   
९. सहकारीहरुले आर्थिक विकासमा कत्तिको योगदान दिएको पाउनु भएको छ ?
    नेपालको संविधानले नै सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा स्वीकार गरिसकेको छ। हाम्रो जस्तो ग्रामीण बहुल मुलुकमा छरिएर रहेको सानो सानो पूँजीलाई संकलन गरी राष्ट्रिय पूँजी निर्माण गर्न र सो पूँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी अर्थतन्त्रलाई दिगो दरिलो बनाउन सहकारी नै उत्तम विकल्प हो । तर हाम्रो मुलुकमा अझै सहकारी क्षेत्रको पर्याप्त विकास भै नसकेकोले यसले राष्ट्रिय अर्थतन्त्रमा जति योगदान दिन सक्थ्यो त्यति दिन सकिरहेको छैन । तर यस क्षेत्रले गरेको योगदानको उचित अध्ययन र अनुसन्धान गर्न जरुरी छ साथै सहकारीलाई सहि तरिकाले प्रयोग तथा संचालन गर्ने वातावरण भएको खण्डमा अझै योगदान दिनेमा दुईमत रहन्न । त्यसैले सहकारी क्षेत्रका विकृतिहरु हटाई यसलाई अर्थतन्त्रको दरिलो खम्बा बनाउन हामी सबै लाग्नुपर्छ ।
९. अन्तमा पत्रिकामार्पmत आम सहकारीकर्मीहरुलाई के भन्न चाहानु हुन्छ ?
    अस्वस्थ्य प्रतिस्पर्धा नगरौंं । सहकारीलाई कमाउ धन्दाको साधन नबनाउ । सहकारी क्षेत्रलाई राज्यबाट प्राप्त हैसियतलाई संस्थागत गरी सदस्य, सममुदाय र देशको आर्थिक विकासको लागि इमान्दारीताका साथ सहकार्य गर्दै अगाडि बढौं । अन्त्यमा आŠनो बिचार राख्ने अवसर दिनु भएकोमा चेष्टा साप्ताहिक परिवारप्रति हार्दिक आभार ब्यक्त गर्दछु । धन्यवाद । जय सहकारी ।