2026 June 06/ 03:49: 27pm

    म लगभग रातभरी निदाएको थिईन । कुनै बेला टिकटक भने कुनै बेला अन्य सामाजिक सञ्जालहरु चलाएर विताएँ । अब चलाउँदिन भनेर सोच्यो फेरी पनि निद्रा नै आउँदैन थियो । केही समय पस्चात निदाउनु पर्छ जस्तो लाग्यो र निदाउन पल्टीए । फेरी निन्द्रा लागेन, एकछिन फेरी मोवाईलमा केही हेंरे, साना कविताहरु लेखेर कसैले लेखेका कविताहरु पढ्दै बँसे केही बेर अनि निदाएछु । आँखा चिम्म गरेको केही समय पछि निद्रा लागेछ । तर फेरी ३०÷४० मिनेट पछि मम्मीले उठेर चिसो भएन त्यो कम्बल पुरै ओढेर पढ भन्नु भयो । एक छिन निद्रा खुले जस्तो भयो तर मैले निद्राबाट नै हुन्छ भनें फेरी निदाएँ । निन्द्रा चरममा थियो । ५÷१० मिनेट मैले फरक महसुस गरें । म कुनै अर्काे दुनिँयामा गएको छु । हुन त मान्छेहरुको अड्कलले त्यो सपना हो भन्लान तर मैले त्यो भित्र महसुस भएको जस्तो अनुभुती गरी राखेको थिएँ ।
    त्यो दृश्य काल्पनिक जस्तो लागेको थिएन । पहिलो दृस्य मेरो घरको आँगन थियो । मम्मि हजुरबुबा र हजुरआमालाइ मात्रै त्यो दृस्यमा देंखे । अरु कुराहरु त्यो ठाँउको धेरै अवलोकन गर्न पाईन । उहाँहरुले मलाइ देख्नुभएन । मलाइ समयमा धेरै पहिले गएको जस्तो अनुभुति भई राखेको थियो । म अहिले जुन उमेरमा सुतिराखेको छु त्यही थियो तर म समयमा पछि गई राखेको जस्तो नै थियो किन भने मम्मीलाइ उमेर लागेको जस्तो देखिन र त्यस्तै हजुरबुवा हजुर आमालाइ पनि देखे । अहिले र पहिलेको दृस्यलाई फेरी अवलोकन गरेर हेर्ने हो भने घरमा दुईवटा खला छन । पश्चिमेली भाषामा आँगन, एउटामा अन्न बाली सुकाउन प्रयोग हुने रहेछ । अर्काेमा गाई वस्तु बाँध्नलाइ । त्यही गाई बस्तु बाँध्ने खलोको चेप र अन्नबाली सुकाउने खलोको चेपबाट निस्किएर एउटा मौसमको रुख थियो । ठ्याक्कै दाँया तिर तल्लो खलोमा जाने बोटोको छेउमा एउटा सेतो ढुङ्गा छ । हो म त्यसको केहि माथि हावामा तैरि राखेको थिए । मलाइ याद भए सम्म त्यो भित्र छिरेको समय बेलुकाको जस्तो थियो खलामा खासै केहि थिएन । मम्मी गोठबाट बाहिर आँउदै हुनुहुन्थ्यो । हजुरबुवा वायाँबाट भित्र जाने ढोका छ । त्यो छेवैमा हलुवादेवको रुख छ त्यो छेवैबाट केहि कुरा समातेर आँउदै हुनु हुँदै थियो ।
    अहिलेको समयमा त्यहाँनेर सानो भाँडो जस्लाइ मैले र हजुरआमाले खस्नै लागेको भाँडोलाइ मर्मत गरेर फेरी बनाएका थियौँ तर मैले महसुस गरिरहँदा त्यो थिएन । खलोको छेवैमा जहाँ अहिले एउटा अर्को भाँडो छ । सेतो ढुङ्गामा अढेस लिएर बसि राखेको छ, त्यो ढुङ्गाको मुनि धेरै बर्ष देखि आगो बाल्ने र खोलानी पकाउने भएर अहिले कालो मोसोले पुरै कालो भईसकेको छ । अनि छेवैमा अम्बाको रुख छ हामी सानो हुँदा त्यहाँनेर अम्बाको रुख थिएन । म महसुस गरि राखेको बेला पनि त्यहाँ अम्बाको रुख थिएन । यसको मतलब म त्यो समय भन्दा पहिलेको कुराहरु नियालि राखेको थिए वा देखि राखेको थिए । त्यही अम्बाको रुखको छेउको गरामा हजुर आमाले खै के हो बाबियो समातेर के काम गर्दै हुनुहुन्थ्यो । जब म केहि समय भित्रै निन्द्रामा गए मैले महसुस गरें । यो सबै प्रोसेस भइसके पछि । माथिको सबै कुरा भइसके पछि दिव्य दृष्टी पाए जस्तै मैले आफुलाइ भित्र सुतेको जस्तो देखे । त्यहाँ मम्मि र म थियौँ । उतापट्टिको कोठामा हजुरआमा र हजुर बुवा सुत्नु भएको थियो । तर मेरो ध्यान ममा केन्द्रित भयो । मैले आफुलाइ निन्द्रामा छटपट्टिराखेको जस्तो देखिरहेको थिए । निन्द्रामा एैठन भए जस्तो । त्यही हुँदा मैले यताको निन्द्रामा पनि ऐठन परेको जस्तै भयो र फेरि त्यही छु तर फरक आयाममा पुगे जस्तो महसुस भयो । म त्यो हावामा उडेको अवस्थाबाट अब त्यही साँच्चीकैमा सुतेको हो जस्तो अवस्था महसुस गरिराखेको थिए । त्यो ऐठनले मलाई साँच्चीकै पेली राखेको थियो । मैले आफुमाथि केहि ठुलो शक्ती आएको जस्तो वा कसैले मलाइ समाते जस्तो वा कसैको आत्माले मलाई लखेटेको जस्तो महसुस गरि राखेको थिएँ ।
    फेरी सुते जस्तै महसुस हुन्छ तर फेरी अर्कै मान्छेको आत्माले समातेर हावामा उडाउन खोजे जस्तो हुन्छ । अब त्यसको पनि केहि हद सम्म सहनशिलता हुँदो रहेछ सायद म यहाँ आजको अवस्थामा सुतेको पनि महसुस गरि राखेको छु । उता पहिलेको अवस्थामा पनि सुतिराखेको महसुस गरि राखेको छु, झन त्यो हावामा उडिराखेको भान भई राखेको छ । त्यो ऐठन म यहाँ अहिले सुति राखेको अवस्थामा पनि महसुस गर्दै छु र जुन समय पछिको देखिरहेको छु वा महसुस गरिरहेको छु त्यो समयलाइ धेरै नै फरक तरिकाको बनाउँदैछ । एउटा बिचार गनुपर्ने कुरा मैले आफुलाई त्यति सानो भने पाईन केहि हदसम्म होला तर यदि मैलै धेरै समय पहिलेको कुरा देखि राखेको हुन्थे भने म पनि सानो उमेरकै हुन्थे । त्यो समयमा सपनामा हल्ली राखेको छु यता उती ऐठन भए जस्तै एकदमै स्वास फुलीसकेको छ । मम्मीले मलाई के भई राखेको देखि राख्नु भएको छैन । के गरि राखेको हुनुहुन्न । सायद म मात्रै त्यो समयमा प्रबेश गर्न सक्छु र केहि समयलाई देख्न सक्छु तर मैले बनाएको कल्पनालाइ त्यो समय र अहिलेको समयमा जोडेर फरक दुनियाँ बनाउने वा फरक स्थीति बनाउने प्रयास गर्छु । अब म जोर जोरले आवाज गर्दै छु । चिच्याउँदै छु । कराउँदै छु र सुतेको स्थीतिबाट आफै हावामा उडे जस्तो हुन्छु । खस्छु तर फेरी उडेजस्तै हुन्छु । सायद त्यो हुँदा दुख्छ । ऐ्या भन्छु । मुटुको धड्कन एकदमै तेजले बढछ र त्यहाँ जुन अवस्थामा छ जोडको झट्का लागे जस्तो हुन्छ र अझै जोडले चिच्याएको जस्तो धेरैनै उकुसमुकुस भए जस्तो हुन्छ ।
    मम्मी,  हजुरआमा, हजुरबुबालाइ केही थाहा नै हुँदैन मलाइ त्यस्तो भई राखेको छ । अब म एक्कासी हावामा उडछु । त्यहाँबाट उडेर सिधै शिखर तिरको दिशातिर उडेरै तैरिएरै धेरै गतिमा पुग्छु । त्यो हुँदा म घरको भित्तालाई आत्मा जसरी पार गरेर गएको हुन्छु । एकै छिनको समय थियो त्यो सममा केहि बेरको समय होला थामिए जस्तो भयो तर यता जुन अहिलेको समयमा सुतिराखेको छु कसैले समाते जस्तो भान भईराखेको छ र कसैको आत्मा मेरो शरिमा पसेर केहि नराम्रो गर्न खोजीराखेको लागेको छ । कठिन महसुस गर्दै छु । ऐठनको दबाव बढदै गई राखेको छ । उडेर शिखर तिरको दिशामा गएको थिएँ । एक्कासि फेरी सुतेको अवस्थामा आँउछु र निदाए जस्तो हुन्छु । हजुरआमा र हजुरवुबाले कसलाई बोलाउँदै हुनुहुन्छ । मलाई अब चाँहि मम्मि त्यही हुनु हुन्छ जस्तो महसुस भई राखेको छ तर पनि उहाँहरुले अरु कसैलाइ वा मम्मि सँगै केही भनि राख्नु भइराखेको छ । केहि चिन्ता महसुस भइराखेको लागिरहेको छ । खासै के हो मैले ठम्याउन सकिन ।
अब म त्यो पहिलेको अवस्थाबाट एकदमै प्रचण्ड तेज भए जस्तो बारमाबार हावामा उडन खोज्छु । एकदमै चाँडो चाँडो यो कुराहरु भई राखेको छ । त्यो फिल्मको शैलीमा थियो । त्यो धेरै समय सम्म भयो । हजुरबुवा हजुर आमाले खै के भनिराख्नु भएको हो तर भनि नै राख्नु भएको थियो । आवाज सुने जस्तो महसुस गर्छु । सुन्न सकिदैन । दोहोरो कुरा हुन खोज्छ सम्भव थिएन । 
    बारबार त्यो सपनाले मलाई घच्घच्यो । एक दिन देखेको सपना मात्रै हो कि भनेर भोलिपल्ट मम्मिलाई भनेको थिएँ । मम्मिले पत्याउनु भएन वा पत्याएर पनि त्यसलाई सामान्य सोच्नु भयो ? उहाँले केहि प्रतिक्रिया दिन मान्नु भएन । मरेका मान्छेहरु देख्नु, आकाशमा देख्नु राम्रो पनि होला । तर त्यो मेरा लागि राम्रो लागेको थिएन । हरेक दिन त्यस्ता सपनाहरु एक पछि आएकाले मलाई पनि मरेका मान्छेहरुले बोलाएका हुन् कि ? भन्ने लागेको थियो । विभिन्न स्थानमा घटना भएको सुन्छु । दुर्घटना भएको सुन्छु । सवारी साधनको दुर्घटना मेरा लागि सहि नसक्नु हुन्छ । मेरो हजुरबुबा, हजुरआमा र बुबा एकै घटनामा वित्नु भएको थियो । आमाको विवशता, हामी सानै थियौं । उहाँ एकल महिला हुनु भएको थियो । दुर्घटना कसैले चाहेर पनि हुने हैन । त्यसमा सहनुको बिकल्प थिएन । हामीलाई सानैमा छाडेर गएर पो हो कि ? उहाँको आत्मा भड्किन पो पुग्यो कि ? धर्ममा विश्वास गर्ने कि नगर्ने ? उल्टो मरेको मान्छेको सपना देखेर आफुले आफैलाई कमजोर पो बनाई रहेको थिएँ कि ? विस्तारै घरमा फेरी संकट निम्तिन थाल्यो । भएको एकल सन्तान म त्यसमा पनि यस्ता मानसिक सोचाईमा पर्न थाले पछि मम्मिको अनुहारमा हाँसो थिएन । म प्रति कुनै आश थिएन । श्वासको माया भए पनि उहाँहरुले विश्वास गर्न सक्नु भएको थिएन । 
    धामी झाँक्रि लगाएर भए पनि म भित्रको डर र त्रासलाई उहाँले पन्छाउन खोज्नु भयो । पछि अस्पताल पु¥याउनु भयो । पढ्दै गरेकाले मम्मिलाई मेरो भविश्यको साहारा हो भन्ने झिनो आश थियो । अस्पतालमा मानसिक रोगको पुर्व लक्षण भन्दै चिकित्सकले औषधी दिए पनि थाहा भयो मलाई मानसिक समस्या छ । विस्तारै ठिक हुँदै गयो । अहिले नियमित औषधी सेवन गरिरहेको छु । म जस्ता सयौ युवाहरु यस्तै समस्याले चिन्तित भएका छन् । आखिर मान्छे जन्मे पछि मर्नु पर्छ । सबै मान्छेले सबै अभिभावकको माया पाउन सक्छन् र ? बुझाउन सकिँदो रहेनछ । सपनामा वा विपनामा प्राप्त हुने सन्देश र पुर्व लक्षणले बाँकी जीवनका केहि अंशहरु फेला पार्दाे रहेछ । त्यसैले भन्छु तपाईको मन भड्किन थाल्यो भने आत्माले  होईन अस्पतालमा गएर परिक्षण गर्नुस् । अहिले म ठिक छु । पितृहरुको श्राद्ध पुर्वक सम्झना गरेको छु । आफुले पनि नियमित औषधी खाएको छु । लामो समय भयो आफुले आफैलाई सम्हाल्न थालेको छु । यहिबाट हुने आत्महत्या न्यूनिकरणमा यो महत्वपूर्ण अनुभव हुने सक्ने लागेकाले आफ्ना भावना साटेको छु । 

अविरल दोङ्ग
खानिखोला, काभ्रे