2026 June 06/ 02:22: 29pm

जिल्ला सदरमुकामबाट केही किलोमिटर पर जन्मेको मेरो जीवनमा धेरै ठुला घटना कहिल्यै परेका थिएनन् । किन पर्नु सबै भार मैले मेरो आमा बुबा र भाईहरुलाई सुम्पने गरेको थिए“ । उनीहरुको चाहना पनि कहिल्यै असफल भएको थिएन । मैले उनीहरुको चाहना अनुसार काम गरेको थिए“ । दुई जना दिदीबहिनी र दुईजना भाईहरु थिए हाम्रा । घर नजिक रहेको विद्यालयमा हामी सबै जना पढ्न जाने गरेका थियौं । बुबा गाउ“मा सबै जनास“ग परिचित भएका कारण पनि हामीलाई समस्या थिएन । खेतीपाती र तरकारीबाट हाम्रो घरको जीवनस्तर उपत्यकामा बस्नेहरुको भन्दा कम थिएन । आर्थिक रुपले हामी सबलै थियौं । पहिलाको जस्तो मेहनत अहिले छैन । आम्दानी पनि छैन । पैसाको मुल्य महङ्गो थियो । सामानको मुल्य सस्तो थियो । पैसा भन्दा पनि सामान आदान प्रदान हुने गरेको थियो । अहिले पैसा सस्तो छ । सामान महङ्गो छ । किनेर खान सकिने अवस्था छैन । 
    नागरिकहरुले गर्नु पर्ने कर्तब्य पनि पूरा हुन छाडेको छ । नैतिकता हराउँदै गएको छ । साँस्कृतिक परम्परा रोकिन थालेका छन् । धर्म सँस्कृति विर्सदै धर्म परिवर्तन हुन थालेको छ । चाडपर्व विर्सन थालेका छन् । २० वर्ष अगाडिको कुरा होला मलाई विद्यालय छाडेको भन्दै घरमा नै लिन आएका थिए साथीहरु । विद्यालय जानै मानिन मैले । पढ्न नआउने भएकाले विद्यालयसम्म गएर पढ्ने कष्ट गरिनँ । पढाईका बारेमा धेरै कुरा नगरौं । मन लाग्यो भने अहिले पनि विद्यालय जान सकिने अवस्था रहेछ । म भाग्यमानी केटी हु“ । तैपनि जिन्दगीमा भोग्नु परेको अप्ठ्यारो परिस्थितिलाई कसरी  सहज बनाउन सकिन्छ ? मान्छेहरु आत्महत्या गरिरहेका छन् । अहिले त बच्चा देखि बृद्धसम्म संकट आउँदा आत्महत्या गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्था आउन नदिन समस्या साटासाट गर्ने, सके समाधान गर्ने नसके गर्न प्रयास गर्ने, तर जीवन समाप्त चाँहि नगर्ने ? अहिलेका पुस्ता किन समस्या देखि डराउँछ ? किन भाग्छ ? के को प्रभाव होला यस्तो ? पढाई छाडेपछि बुबाले मलाई सबै दिदीहरुको भन्दा अगाडि विवाह गरिदिने सोच बनाउनु भएको थियो । मैले नाई भन्न समेत सकेको थिईन किनकी म विद्यालय जान छाडेको थिए“ । मेरो र दिदीको विवाह एकै दिन फरक फरक ठाउ“का केटाहरुस“ग गर्ने निधो भएको थियो । उतिबेला पनि धुमधामस“ग बाजा गाजा बजाएर भएको थियो । उमेरले म त्यतिबेला १४ वर्षको मात्र थिए“ । दिदी त्यस्तै १६ वर्षको हुनुहुन्थ्यो होला । १४ वर्षको भए पनि हेर्दा राम्री, अग्ली र खाईलाग्दी थिए“ । मेरा लागि १७ वर्षको केटा तय गरेको थियो । सानैमा विवाह भएकाले घरमा सासु ससुराहरुलाई गर्ने व्यवहारका बारेमा केहि थाहा थिईन । घरमा एकजना सानै देवर र एकजना नन्द बाहेक कोहि पनि रहेनछन् । श्रीमान् भर्खरकै भएकाले मलाई कुनै गाह्रो भएन । आमा र बुबाले सिकाएका आधारमा मलाई घर गरेर खान सजिलो भएको थियो । 
    विवाहको केहि समय पछि उहा“ले पनि पढ्न छाड्नुभएको थियो । कक्षा १० मा पढ्दा पढ्दै जागीर खान भन्दै उहा“ले पढाई छाड्नुभयो । मैले त्यतिबेला उहा“लाई पढाई नछाड्न भन्दै धेरै दवाव दिएको थिए“ । तर मेरो केहि लागेन । घर परिवारले पनि उसलाई पढाई नछाड्न ठुलै दवाव दिएको थियो । पढाई छाडेपछि उ हामीलाई छाडेर कामको सिलसिलामा राजधानीमा बस्न थाल्यो । उता बस्दा बस्दा बस्दै उसले एउटा काम पनि पाएको थियो । घरमा उसको आमा बुबा र म अनि सानो भाई मात्र थियौं । त्यतिबेला देखि नै हाम्रो घरमा पाल्ने गरेको भैसी, गाई, बाख्रा र केहि कुखुराहरुको रेखदेख मात्र नभई खेत, बारी र बा“झो पाखोको रेखदेख गर्नुपर्दथ्यो । मैले हार खाईनँ । परिवारको सहयोग थियो । अनि ठुलो–ठुलो काममा ज्याला लगाएर गर्ने गरेका थियौं हामीले । घरमा पनि मैले काम गरेका कारण यि सबै कामहरु मेरा लागि सहज भएका थिए । जीवन बिताउने श्रीमान्ले मलाई अत्यन्तै माया गर्दै धेरै दुःख नगर्नु सबै कामहरु ज्याला लगाएर गर्नु भन्दै समय समयमा सहज बनाउनुभएको थियो । माईतीमा मैले कहिल्यै दुःख र पीरको अनुभव भएको बताईनँ । बरु माईतबाटै धेरै खानदानको घरमा परेकी रहिछ कसरी काम गर्न सक्ली यसले भनेर चिन्तामा डुबेका थिए मैले उनीहरुको चिन्तालाई सहज बनाएको थिए“ । 
    समय वितिरहेका थियो । मेरो कोखबाट विवाहको लगत्तै एउटा छोरी जन्मिई । घरमा सानो बच्चा नभएका कारण अनि त्यहा“ माथि छोरी जन्मिएपछि लक्ष्मी आई भन्दै माया गर्ने गरेका थिए । पहिलो सन्तान त्यसैगरी हुर्केको थियो । काखै काखमा हुर्केको त्यो बच्चाको उमेर २ वर्ष नपुग्दै मेरो कोखबाट अर्काे बच्चा जन्मेको थियो । त्यो पनि छोरी नै जन्मेका कारण परिवारले अलि निन्याउरो चेहरा पारेका थिए । माईतमा पनि त्यस्तै थियो । तर आफु जीवन निर्वाह गर्ने श्रीमान्ले नै छोरी जन्मेर के भयो त फेरी छोरा नभएर के हुने हो र भन्दै सम्झाएर मेरो मनलाई बुझाएका थिए । म त्यसै ढुक्क भएको थिए“ । श्रीमान् बनेपामा नै बस्ने भएका कारण कहिले का“हि घरमा जा“दा म लगायत छोरीहरु र आमा बुबाहरुलाई सामान लैजाने गर्नु भएको थियो । हामी धेरै खुशी हुने गरेका थियौं । समय त्यसरी नै वितेको थियो । मैले र परिवारले के काम भन्दै सोध्दा उहा“ले जग्गा सम्वन्धि काम गर्छाैं भनेर बताउनुभएको थियो । करिब एक वर्ष सम्म उहा“ले आफुले एक पैसा पनि कमाउन नसकेको भन्दै घरमा आउने जाने गर्नुहुन्थ्यो । मैले पनि उहा“लाई पैसा छैन होला भन्ठानेर आफु स“ग भएको दुई चार पैसा समेत दिएर पठाउने गरेको थिए“ । मेरो दिमागमा कहिल्यै पनि श्रीमान्लाई भन्दा बाहेक पैसा अरुलाई पैसा राख्ने बारेमा सोच आएन । हप्ताको एकदिन घर आउने जाने गर्दा उहा“लाई परिवारबाट पनि नजान आग्रह गरिएको थियो । तर उहा“ले एक दिन अवश्य पनि आफुले पैसा कमाउने भन्दै घरबाट बाहिरिनुहुन्थ्यो । परिवारले मलाई एकदमै सपोर्ट गरेको थियो । घरमा शुरुमा भएका वस्तु भाउ र जग्गा जमिनमा एक ईन्च पनि घटेको थिएन । सबै जग्गाहरुबाट हामीले आम्दानी लिईरहेका थियौं । 
    मलाई घरमा आउ“दा कपडाहरु लिएर आउन थाल्नु भयो । उहा“ले राम्रो काम पाएका कारण अब कुनै पनि समस्या नहुने भन्दै सबै जनालाई सम्झाउन लाग्नु भयो । मलाई उहा“ले यति सम्मकी धेरै दुःख नगर्नु प्रायःसबै कामहरु ज्यालामा लगाउनु भन्दै अलि अलि पैसा पनि दिएर जान थाल्नुभयो । प्रत्येक हप्ता आउ“दा उहा“ले केहि न केहि लिएर आउने गर्नुहुन्थ्यो । मलाई पहिलाकोे भन्दा धेरै माया गर्न लाग्नुभयो । म त्यसै त्यसै छक्क परिरहेको थिए“ । बाहिरी संसार धेरै नदेखेको म सोझीलाई श्रीमान्का सबै कुराहरु विश्वास गर्न लायकका थिए । नढा“टी भन्नु पर्दा मैले काठमाडौंको पशुपति वाहेक अन्य क्षेत्रमा गएर दर्शन समेत गर्न पाएको छैन । काठमाडौंको कुनै पनि ठा“उमा डुल्न जान पाएको छैन । बनेपामा चाहि“ हरेक काम गर्न आउ“दा आउने भएकाले सजिलै भएको छ । श्रीमान्को यस्तो कार्य केहि वर्ष नै चलिरह्यो । पुनः हामीबाट एक छोराको जन्म भएको थियो । मैले तीनवटा बच्चा पाईसकेका कारण मेरो स्वास्थ्यमा अलि अलि गडबढि भएको थियो । मैले कहिल्यै श्रीमान्प्रति शंकाको दृष्टिले हेर्ने गरेको थिईनँ । 
    माओवादीको सशस्त्र युद्ध चर्केको थियो । गाउ“मा पनि धेरै माओवादीहरु आउने जाने गर्दथे । रेडियो टेलिभिजनमा सबै माओवादी र आर्मी तथा पुलिस मरेका समाचारहरु सुनिन थालेका थिए । मैले रेडियोबाट सुनेको थिए“ सेनाको कुनै जवान म¥यो भने राज्यको तर्फबाट १० लाख क्षतिपूर्ति उपलब्ध हुन्छ अरे । मेरो श्रीमान्ले पटक–पटक आर्मीमा जाने विचार आयो के गरौं त भनेर सोध्ने गरेका थिए । मैले उनलाई यस्तो माओवादीको विगविगीमा नजानु भन्दै सम्झाउने गरेको थिए“ । तर उसले जिस्काउने शैलीमा त्यसो भए म आर्मीकै श्रीमती विवाह गरौ त ? मैले सोचेको पनि थिईनँ । उसले ख्याल ख्यालैमा त्यसो भन्थ्यो अनि कुरा अन्तै लान्थ्यो । नभन्दै उसले माओवादीको युद्धमा एम्बुसमा परेर मरेका नागरिकको श्रीमती विवाह गरिसकेका रहेछन् । घरमा नै ल्याए पछि के भनौ र खै ? केहि समय पछि उनीहरु शहर फर्किए । म गाउँमा । पछि थाहा भयो उसलाई पनि माओवादीले बहुविवाह गरेको अभियोगमा कारवाही गरेछन् । चन्दा लिएछन् । पछि उनिहरुसँगै लिएर गएछन् । भिडन्तका क्रममा उनको २०६१ सालमा निधन भएको खबर २०६२ सालको चैत्रमा मात्रै प्राप्त भयो । सम्पर्क विहिन भएका श्रीमान्को खोजीमा धेरै धाएँ । अर्काे श्रीमती पनि लागिन् । तर श्रीमान नै बेपत्ता भए पछि उनी हराईन् । राज्यले जब क्षतिपूर्ति दिने कुरा ग¥यो त्यसपछि उनी पैसा लिन आईन । विवाह दर्ता कसरी भयो थाहा छैन । उनको विवाह दर्ता भई सकेको रहेछ । राज्यले दिने रकम आधा लिने गरी विवाद गरिन् । आफ्नो भन्ने लोग्ने नै मारियो जाबो पैसा ? घरमा सासु र ससुराको रेखदेख मेरा लागि ठुलो कुरा भयो । बच्चाहरु हुर्काउँदै बढाउँदै जाँदा उनिहरु आज आफ्नै खुट्टामा उभिएका छन् । बेपत्ता श्रीमान्को खोजी हुन सकेको छैन । सरकार हाम्रै टाउकोमा टेकेर हिडिरहेको छ । कहिले भेटिन्छन् मेरा श्रीमान् ? मेरो दुःख र भविश्य के हुन्छ ? यस्ता अनेकन प्रश्न छन् । राज्य निरीह छ । म मौन छु । आउला कुनै दिन । कम्तिमा काजकिरिया त गर्नु पाए हुने ? 

श्रीमाया लामा
हालः बनेपा, काभ्रे