2026 June 06/ 02:17: 35pm

प्लस टु पढ्ने समय शहरी हावापानीले छोएको थियो मलाई । हल्ला गर्दै हिड्न साह्रै मन पर्ने, केटाहरु ग्याङ बनायर मस्त कलेज जाने आउने अनि दिउँसभरी कलेजको क्यान्टिनमा बिताउने गर्दथे । समय यस्तै यस्तै तरिकाले चल्दै जाँदा एक जना सविना नामक केटी माथी खुबै नजर जाने गथ्र्याै ।  किन किन असाध्यै मन पर्थिन् उनी । एक नासै प्रेमका पालुवाहरु पलाय झै गरि मनका भावनाहरु पलाउँथे । दिनहुँ उनी सङ्ग नजर जुथ्यो तर त्यतिमै सिमित हुन्थ्यो । त्यो भन्दा माथी कहिल्यै पनि अघि बढ्न सकेको थिइनँ । समय राम्रै सङ्ग उनलाई एकतर्फि प्रेम गर्दागर्दै बितिरहेको थियो । मैले सविनालाई प्रेम गर्छु भन्ने कुरा सबैलाई थाहा थियो तर सविनालाई थाहा हुन सकेको थिएन । सायद उनका नजिकका साथीहरुले भनिदिएको भए थाहा भएन । नत्र सम्भव पनि थिएन । खै किन हो उनलाइ पाउन हो या गुमाउन मुटुको एक कुना पट्टि छुट्टै डरको आभास हुन्थ्यो । समय चलिरहेको थियो । एकदिन सविनाले एउटा प्रश्न गरिन् म छाँगाबाट खसेझै भए । उनी सरासर आईन् र भनिन् तिमी मलाई प्रेम गर्छाै ? कि नाई ? 
    एक छिन अक्क न बक्क भएँ । आफैले मन पराएको केटी मान्छेले आफु सामुन्ने उभिएर मनकै प्रश्न सोधे पछि कसरी होईन भनौ ? मन निडर बनाएर भएको जे हो त्यहि भनें । उनी मेरो अनुहारमा अनुहार जुधाएर घर फर्किन् । मेरो खुशीको सिमा रहेन । उनको पनि खुशीको सिमा थिएन । क्याम्पस एक हप्ता बिदा हुने भएको थियो  । त्यसैले एक हप्ता सम्म सविनालाई देख्न पाउने आश मारेको थिएँ । बेलुका मेरो मोबाइलमा एका एक म्यासेज आयो । विकास आइ लभ यु टु । यो नम्बर सविनाको थियो  । सबैभन्दा खुसी सायदै त्यसदिन भएको थिएँ होला म । यस्तै बेलुकी पख हामी फोनमा बोल्ने गर्थेउ  । कहिले कलेज खुल्छ र हामी भेट्न पाउछौ भन्ने कुराले मन अतालि रहन्थ्यो । नभन्दै कलेजका दिन पनि सुरु भए । हामी दुबै लाज मान्दै कलेज आएका थियौ । जब टिफिन टाइम भयो हामी दुइ क्यान्टिनमा आएर बसेउ । अनि लज्जा मिश्रित स्वरमा कुराकानी गर्न थाल्यौं । शुरु दिन अप्ठ्यारो माने पनि अबका दिनमा अप्ठ्यारो नमान्ने भन्दै मैले उनलाई भनेर कक्षामा गयौं । नभन्दै बिस्तारै हामी झनै नजिक हुन थालेका थियौं । झन भन्दा झन गहिरिदै गयो हाम्रो प्रेम । कति अनौठो आभास भै रहन्थ्यो । मैले उनलाई आफ्नो जीवन सङ्गिनी मान्न थालेको थिएँ । हामी एक अर्का बिना बाँच्न सक्दैनौ । कता कता डर पनि लागि रहन्थ्यो यति माया किन लाग्दै छ ? अनि के का लागि लागिरहेको छ ? कतै छुट्टिन त हैन ? यस्तै यस्तै प्रश्न मैले उनलाई राख्थे । उनले मलाई आश्वासन दिदै भन्थिन् हामी छिटै एक हुन्छौ ।
    प्रेम सोझो र सरल ढंगले कहिल्यै अघि बढ्दो रहेनछ । जस्तो नदी । भने जस्तो कहिल्यै भएन । मैले मेरो सम्बन्ध घरमा पनि भनेको थिए तर अपशोच उनि म भन्दा जेठी थिइन् । मेर बुवा पण्डित भएका कारण यो सम्बन्ध स्विकार गर्नु भएन । त्यही पनि हामी नछुट्टिने भन्दै सम्बन्धमा थियौ । समय बित्दै जाँदा हामी बिच दरार उत्पन्न हुदै थियो । हाम्रो +२ को परीक्षा सकिए लगत्तै हामी बिच बोलचाल कम हुँदै थियो । यतिकैमा मेरा घरकाले आएल्स गर्न जिद्दी गरे पछि अस्ट्रेलिया जाने सोचले आएल्स क्लास भर्ना भएँ । हाम्रो बोलचाल लगभग ठप्प भैसकेको थियो । हप्तामा एक दुइ दिन मात्र हुन्थ्यो । सबै काम सकिसके पछि अस्ट्रेलियाको भिसा एप्लाई गर्ने बेला भएको थियो तर सविना सँग भने अझै राम्रो सँग कुरा भएको थिएन । यस्तै एक महिना पैतालिस दिन सम्म कुरा नभए पछि म आफैले उनि सँग सम्पर्क गर्ने प्रयास गरें । धेरै प्रयासका बाबजुत पनि उनी सम्पर्कमा आउन सकिनन् । सविना मेरो पहिलो प्रेमिका थिइन् । उनलाई भुल्न त्यति सजिलो पनि थिएन । याद गर्दै थिए । भिसा एप्लाई पनि गरे । भाग्यले साथ दिएर हो या नदिएर हो मेरो भिसा लागेछ क्यार अब यता सविनासँग छुट्टिन पर्दै थियो अब त भेट हुने आश पनि मरिसकेको थियो । घरमा रमाइलो गर्दै थिए भिसा लागेको खुसीमा तर मलाई भने किन किन दुःख लागि रहेको थियो । टिकट पनि काटियो सामान पनि प्याक गरियो फ्लाइटको यस्तै ४ दिन अघि मलाई हाम्रै कलेजमा पढ्ने सविनाको साथीले फोन गरेर खबर सुनाइन् । सविनाको त बिहे भएको पनि ५ महिना भएछ । खै पारिवारिक समस्या हो या अन्य उनले आत्महत्याको प्रयास गरेकी रहिछन् र अहिले हस्पिटलमा उपचारार्थ छिन् । आँखा भरी आँशु टिल्पिल बनाउँदै म सविना भएको हस्पिटलमा गएँ । उनलाइ अझै राम्रो सँग होस आएन । घरमा साथीकोमा छु भन्ने बाहाना बनाएर फ्लाईटको अघिल्लो दिनसम्म हस्पिटलमै कुरिरहेँ । नचाँहदा नचाँहदै म सविनालाई अस्पतालमा छाडेर परदेशिन बाध्य भएँ । 
    अस्ट्रेलिया पुगिसकेपछि पनि म सविनाकै यादमा हुन्थे । उनको याद आएकाले एक्लै भौतारिन्थे । मेरा साथीहरुको लहै लहैमा आएर रक्सी चुरोटलाई आफ्नो शिकार बनाएँ । अस्ट्रेलिया आएको यस्तै ६ महिना पछि खबर पाए कि नेपालबाट सविना आउदै छिन । म मेलबोर्नमा बस्थे उनि चाँही सिड्नीमा । एकदिन म काममा नगएर सविनालाइ भेट्न सिड्नी गएँ । उनलाई भेटे धेरै बेर कुरा ग¥यौं । मनलाई शान्ति मिल्यो । अब ढुक्क भएँ सविना मेरो कहिल्यै हुन सक्दिनन् उनि आफ्नै श्रीमान् सँग खुसी हुन लागिछन् । समय बित्दै गए । म एक्लै रमाउन थालें । मेरो भाग्यमा त जहिल्यै प्रेम बियोग मात्र लेख्या रहेछ क्यार । सविनालाई भेटेको तीन महिना पछि नेपालबाट एउटा साथीले मेसेन्जरमा फोन ग¥यो । उतैको एक जना बहिनीको भिसा मेलबोर्नमा लागेको रहेछ त्यसैले उसले त्यो बहिनीको संरक्षणको जिम्मा मलाई दियो । मैले सहमति दिएर उनिसँग कन्ट्याक्टमा बस्न थाले । मलाई भनेको चार दिन पछि उनि मेलबोर्न आइन् । उनलाई कोठा खोजि दिएर एउटा काममा लगाई दिए । हामी बिच त्यस्तो केहि थिएन । बिस्तारै हामी फेसबुकमा बोल्न थाल्यौं । झन भन्दा झन कुरा हुन थाल्यो । खै किन मलाइ प्रेममा पर्न लेखेको रहेछ म उनि सित दुःख सुख सबै पोख्न थाले । उनि र म भएर एकदिन भेट्न जाने निर्णय ग¥यौं । नभन्दै उनि आएको दुई महिना पछि उनलाई भेट्न मेलबोर्नमा रहेको एउटा होटलमा पुगें । म सकेसम्म आफुलाई राम्रो देखाएर उनलाई आकर्षण गर्न चाहन्थे । चिसो चिसो मौसम थियो त्यसैले हुक लगाएको थिएँ । मेरो जिन्दगी पनि फिल्मको कथा भन्दा कम थिएन । घर फर्कने बेला पानी परेको थियो । मैले उनको नियत सहि थियो भनौ या गलत छुट्टयाउन सकिनँ । चरप्प अङ्गालोमा बाँधिन् । त्यस पछि हामी बिस्तारै बिस्तारै मायामा पर्न थालेका थियौ तर कसैले भनेको थिएन कि माया गर्छाै । 
    उनि र उनको साथी कोठा सर्ने भनेर मैले आफु नजिकैको रुममा सिफ्ट गर्दिए । कबिता र म अलि खुलेर कुरा गर्न थालेका थियौं । हाम्रो निकटताले उनको साथीलाई शंका लागेछ । तँ उसलाई  माया गर्छेस् हो ? कविता र मेरो बीच प्रेम त्यहिबाट शुरु भयो । उनको साथीले त्यसको मध्यस्थता गरिन् । हामी झनै घनिष्ट भयौं । उनका बाबा हुनुहुन्न थियो । परिवारको दायित्व थियो । हाम्रो पनि दायित्व थियो । पहिलो प्रेमका बारेमा मैले उनलाई सबै जानकारी गराएको थिएँ । उनले पनि त्यसलाई स्विकारेकी थिईन् । त्यसका बीचमा कहिलेकाँहि मलाई सविनाले फोन र म्यासेज गरिरहेकी हुन्थिन् । पहिलो प्रेमलाई विर्सन कठिन हुने रहेछ । हाम्रो सम्बन्ध र प्रेमका बारेमा मैले घरमा सुनाउने साहस गरें । म जैसी उनी बाहुन थिईन् । घरमा सल्लाह गरेर विवाहको कुरा टुङ्गो लाग्न सक्ने अवस्था भएन । उनको दिदीको पनि त्यहि भएको रहेछ । उनी भन्थिन् यतै छौं विवाह गरौं कुरै सकियो । म भन्थे बुबा आमालाई चित्त दुखाएर विवाह गर्नुको कुनै अर्थ छैन । बुबाआमाको खुशीका लागि मैले पहिलो र दोश्रो प्रेम क्रमशः त्याग्नुको विकल्प भएन । कि प्रेमिका त्याग्नु पर्ने भयो कि बुबाआमा ? अहिलेको २१ औ शताब्दीमा बुबा आमालाई जैसी बाहुन र बाहुन एकै हो भनेर बुझाउन नसक्ने म जस्तो लन्ठु छोरा पनि यो संसारमा हुँदा रहेछन भनेर आफैले आफैलाई धिक्कार्ने बाहेक म सँग अर्काे विकल्प पनि कहाँ थियो र ? कबिता र मेरो बिच दुरि पैदा भयो । उनि म सँग बोल्न कम गर्दै गईन् । अन्ततः उनले आफ्नो कलेज र कोठा सबै फेर्ने निर्णय गरिसकिछन् । उनको साथीसँग म कबिताको खबर लिई रहन्थे उनि नेपाल गएकी रहिछिन दिदिको विवाहको लागी । त्यस पछि आज सम्म पनि उनि सँग गफ भएको छैन । अस्ट्रेलिया आएको चार वर्ष भैसकेको थियो । म नेपाल फर्किए । विवाहको धेरै प्रयास पछि पनि मैले अस्विकार गर्दै गए । कतै कबितालाई पाउन सक्छु कि भन्ने आश बाँकी नै थियो । कबिताले मलाई मन पराउँथिन् तर आफ्नो परिवारका खातिर र मैले मेरो परिवारको खातिर एक अर्कालाई भुल्न परेको थियो । हामी दुबै फेरी अष्ट्रेलिया फर्कने तयारीमा छौं । भेट भएको छैन । प्रयास जारी छ । हाम्रो बुताले नभ्याएर आफन्तलाई लगाएका छौं । आशा छ उनी मेरो भाग्यबाट बाहिरिन सक्दिनन् । कहिलेकाँहि लाग्छ जे जे भए पनि भाग्य भन्दा धेरै र समय भन्दा अघि कोहि पनि जान सक्दो रहेनछ । सायद प्रेम भनेकै यहि हो र ???

विकास लुईटेल
भक्तपुर