2026 June 06/ 11:59: 22am

प्रेम अनन्त जीवनको परिभाषित शब्द हो । प्रेमको परिभाषित शब्द भित्र रुमलिएको प्रेमको इतिहास निकै लामो छ । प्रेममा हर चिज जायज हुँदो रहेछ । मिलन–विछोड, आँशु–हाँसो, बेदना व्यथा सुख, दुःख, घामपानी आदि इत्यादि चिज सहज स्वीकार गर्दै प्रेम गतिलाई अगाडि बढाउँदछ । अन्तरजातीय विवाह सामाजिक कुरीति मानिदै आएको छ । त्यहि कुदृष्टिद्वारा विघ्नबाधाहरु खडा गर्दाेरहेछ । प्रेमको फूल फक्रियोस् भनि लगातार लम्किने निडर हृदयको कारण प्रेम सर्वश्रेष्ठ उदाहरणीय बनेको छ । प्रेम जीवन्त बनाउन गरिने संघर्ष नै जीवनका विशाल उतार चढाव हुन् । आँखाको कसिंगर बनेको अन्तरजातीय विवाह समाजको निम्ति किन अभिशाप बनिसकेको छ ।
    आर्थिक अवस्था ज्यादै दयनीय भएका कारण बुबा विदेशमा आफ्नो कर्मचुली रेटी जीवन गुजाराको निम्ति भारत, भुटान आवतजावत भइरहन्थ्यो । बुबाको रोजगारी विस्तारै सुमागीय हुँदै जाने क्रममै आमासँगको अचानक भेट र चिनाजानीले उहाँहरुबीचको चिनाजान प्रेम सम्बन्धमा परिणत भयो । विदेशी केटाबीच बुबाको नजिकताले चरम विवादास्पद कुरा झेल्दाझेल्दै बुबा र आमा दुवैजना एक अर्काबीच बाँच्न नसक्ने स्थितिमा आई जन्मजन्म सँगै जीउने मर्ने बाचा बाँधी सबथोक परित्याग गरी विवाह बन्धनमा बाँधिनु भयो । सामाजिक बन्धनमा बाँधिसकेपछि दुवैजनाले विदेशमै संघर्षमय जीन्दगी गुजारा गर्दै जानुभयो । विदेशको रहनसहनमा घुलमिल बन्दै गएको आमा बुबाको वैवाहिक जीवन अर्कै गतितिर मोडिदै जान थाल्यो । केही वर्ष पछि सपना दिदी र दाईको जन्म भइसकेको थियो । दुई सन्तानको प्राप्ति पछि बुबाले आफ्नै मातृभूमि फर्कने निधो गरी सपरिवारका साथ नेपाल फर्कनुभयो । स्वदेश फर्केपछि आमा गाउँघरको काममा दक्ष नभएको साथै कुप्रथाको अँध्यारो गुफाभित्र बाँचिरहेको समाज अन्तरजातीय विवाह विरुद्ध रहेको हुनाले पनि हेपाई र अवहेलनाले छि–छि र दुरदुर गर्दै जानुभयो । बुबाले आफ्नो मनसायको रुप ढाँचाहरु परिवर्तन गरी आमा दिदी र दाईलाई छोडी विदेश जानुभयो ।
    बाल्यकालमा गाउँको बालसुलभ प्रेम कुनै नाटकीय रुप रेखाभित्र बाँधिएको साइनो थिएन । सायद बाल्य अवस्थामा गाँसिएको प्रेम नानीहरुले खेल्ने विवाह थिएन । विवाह प्रेम सम्बन्ध आदि कुराहरु चाहे बाल्य अवस्था होस् या वृद्ध अवस्था होस् यो सम्बन्ध नाटकीय शैलीद्धारा कहिले मजबुत बन्न सक्दैन । यसको निम्ति त प्रेमको दुवैतर्फ विश्वास साथ भरोसा धैर्य परिपूर्तिले मात्र बुलन्द बनाउन सक्दछ । सहनशीलता आज संसारमा आफ्नै स्थान जमाउन सफल भएको छ । हुन त प्रेमको दुनियाँमा हाम्रो आफ्नै बेग्लै संसार थियो । सँगै जीउने सँगै मर्ने कसम भित्र गाँसिसकेको हाम्रो प्रेममा हाँस्नु, रुनु, समर्पण, विश्वास, भरोसा इत्यादि प्रमाणहरु निश्चल प्रेमको यथार्थता थियो । आफूले पढेको विद्यालयमा निमावि तहसम्म मात्र पढाई हुने भएकोले मावि तहको पढाईको निम्ति घरदेखि एकघण्टा टाढा बाटो हिँड्नुपर्ने बाध्यताले रञ्जनासँग टाढिनुपर्ने परिस्थिति आइपर्दा प्रेमको विशाल समुद्रको गहिराई भित्र रफ्तारमा खसिसकेको अटूट विश्वास हामी एकअर्काबीच अथाह भएको कारण छुटिएर बाँच्नुको मुस्किलता सबै थाहा पाइसकेको थिएँ । पढाईलाई निरन्तरता दिनको निम्ति गाउँभन्दा अलि परको श्री बाल सुधार मावि पढाईको लागि दाखिला भयौं । विद्यालयको निरन्तर पढाईको बाबजूद पनि एकजनाको स्मृतिका पारिला घामहरु मनमस्तिष्कको कौसीमाफ झुल्किँदा जब पढ्छु भनि पुस्तकका पानाहरु पल्टाउन थाल्छु तब उनको मुहारमय आकृतिहरु अक्षर बनेर किताब वरिपरी हाँस्दै जिस्किरहेको महसुस गर्दथें । २०५६ बैशाख १५ गतेको दिन मेरो लगनगाँठो कसियो । बालविवाह भित्र परिणत मेरो र श्रीमती बीचको जीवन एउटै पाटो भित्र गाभिसकेको कारण श्रीमतीको मायाजालको भुलभुलैया भित्र फेरी एकनाश हराउन पुग्दा मेरो अथाह माया पाउने सौभाग्यशाली जीवनसंगीनी बाहेक अरु मेरो प्रेमको सम्पत्ति कोही थिएन ।
    मेरो विवाह भएको करिब एक वर्ष पछि दिदीको पनि विवाह भयो । बुबाले ऋण गरेर विवाह गरिदिनुभयो । साहूले एक वर्षको भाखा राखी दिएको ऋण चुक्ता गर्न बुबामाथि दवाव दिन थालेको हुनाले साहुको ऋण चुक्ता गर्न हाम्रो परिवारमा केल बाजेबराजुहरुले जुटाउनुभएको दुईचार टुक्रा खेतबारी बाहेक अरु केही थिएन । त्यहिकारण बुबाले साहुको ऋण चुक्ता गर्ने मनसाय लिई बुबा लगायत आमा दाई पनि उहाँसगै विदेश जानुभयो । त्यसपछि जिम्मेवारी म माथि प¥यो । जीवनमा कहिले कष्ट, अभाव दुःख पीडा झेल्न परेकोले मेरो कर्म एक्कासी दुःखले जीन्दगीकै झुपडीमा दुई दिनको लागि बास माग्दा दुःखलाई अतिथि ठानी अगाडि बढिरहें । मिल चलाउन आवश्यक स्रोत साधन नहुँदा अन्योलताले जीवनमा पिरोल्न थाल्यो । तैपनि गाउँकै नाताले दाई पर्ने व्यक्तिसँग केही पैसा सापटी मागी मिलको निम्ति आवश्यक पर्ने साधन जुटाई आफै एक्लै मिल संचालन गरि जीविका चलाउन थालें । संघर्षको आगो बाली हामीले आफ्नो चिसो जीवन तातो रापमा सेकाउँदै गयौं । श्रीमती र मेरो बीचको अटुट माया र पारस्परिक सम्बन्ध देखेर प्राय गाउँले ईष्र्या र डाहाले जल्दथे । विवाह गरेको तीन वर्ष पछि छोरी मनिषाको जन्म भयो । हामी दुवैजना हर्षले गद्गद् भएका थियौं । यो कुरा बुबाआमाले पनि सुन्नुभएकोले उहाँहरु पनि हर्षित हुनुभयो । नातिनीलाई काखमा खेलाउने मनसाय लिई बुबा एक्लै नेपाल फर्किनुभयो । केही दिन बुबा हामीसँगै बसी फेरी भारतमै फर्किनुभयो । यता मैले आफ्नै सीप र दक्षताद्वारा कमाई गर्न थालें । अचानक आमा विरामी परेको कुरा मेरो कानमा प¥यो म ज्यादै चिन्तित भएँ । यता साहुको ऋणको भार दिनदिनै बोझ हुँदै थियो । आमाको अपरेशनको निम्ति दुःख गरि बल्ल कमाएको पैसा साहुको पैसा तिर्ने समय आमाको रोगको उपचार गर्न भारतको एक सहकारी अस्पतालमा सबै पैसा खर्च लागेको रहेछ । विस्तारै आमा निको हुँदै जानुभयो ।
    नेपालीहरुको दोश्रो चाड तिहार नजिकिँदै थियो । यो वर्षको तिहार उल्लासमय मनाउने उद्देश्य साँच्दै भारतबाट स–परिवारसहित नेपाल फर्किएकै क्रम दुर्भाग्यवश बस सडक दुर्घटनामा परी बुबाको आकस्मिक निधनले सबै स्तब्ध भयौं । चारैतिर घनघोर कालो अँध्यारोले नेपालीहरुको दोश्रो चाड तिहार नजिकिँदै थियो । यो वर्षको तिहार उल्लासमय मनाउने उद्देश्य साँच्दै भारतबाट स–परिवारसहित नेपाल फर्किएकै क्रम दुर्भाग्यवश बस सडक दुर्घटनामा परि बुबाको आकस्मिक निधनले सबै स्तब्ध भयौं । चारैतिर घनघोर कालो अँध्यारोले छोप्दा झिलीमिली उल्लासमय उत्सवमय चाडपर्वमा पनि दुःख, वियोग, वेदना र रोदन सँगसँगै झुल्केका सेता बादल वरिपरी कालो बादल मडारिएर फाटे झै भयो । अस्पतालबाट बुबालाई मृत घोषणा गरे वित्तिकै यहि वियोगले आमा र दाई मुर्छित हुनुभयो । बुबाको मृत्युले आमा लगायत सबैजनाको मनमस्तिष्कभित्र गहिरो नमेटिने छाप गाडिसकेको थियो । त्यो क्षण सबैको निम्ति जीन्दगीभर घरीघरी रुवाउने पीडा बनि बल्झिदियो । यता श्रीमती सुत्केरी लालनपालनको अभिभारा उता आमा दाईको यस्तो विजोक । दुःखीलाई दुःखकै बेला दैवले पनि यस्तो वियोगमय विषम परिस्थितिमा कसरी छानीछानी हृदयभित्र वेदनाको आगो बाल्न चोटैचोटकै सलाई कोरि व्यथाले दनदनी जलाउँदा जल्नेको पीडा प्रत्याभूति गर्नै कोही नहुँदा रहेछन् ।
    दिदी नहुनुको पीडा भाईलाई, छोरी नहुनुको पीडा आमालाई, श्रीमती नहुनुको पीडा श्रीमान्लाई मात्र थाहा हुँदोरहेछ । कसैको अभावले कसैको जीवन नै खड्किदो रहेछ । दिदीको विक्षिप्तताको लामो समयपश्चात सप्तरंगी टिका थाप्न नपाएका निधार, सयपत्री मखमली माला पहि¥याउन नपाएका गला हर्ष र मुस्कान छरि खुशीले दिदीको घुँडा टेक्दै आशिर्वाद सुन्न पाएका कान अनि भाईको बाहुलीबाट दिदीलाई प्रेमपूर्वक दक्षिणा दिन नपाएका यी रित्तो हात हेरी कसको पो मन दुख्दैन होला । वियोगको झरीले निथु्रक्क रुझेको जीन्दगीको वस्त्र जीन्दगीको थोत्रो वस्त्र लगाई हिँडेको अभागी पुर्पुरो लिई बाँचेको मान्छे म । सलबलिएर बग्ने कञ्चन चरित्रमा पनि ग्रहण लाग्दो रहेछ । म आफै मौनताको शहरभित्र एकनाश हराउन पुग्थें । एकपछि अर्काे पीडाले हाम्रो परिवारमा बेचैन भयो । तर पनि हामीले हार खाएनौं । नियमित काम गरिरहेका थियौं । एकदिन फेरी अर्काे घटना भयो । जसलाई मन र मुटु दिएर विवाह गरेको थिएँ उनलै छाडेर गईन् । के अपुग भयो मैले बुझ्न सकिनँ । तर उनले हामी सबैलाई छाडेर गईन् ।
    तनाव नै तनावका कारण मैले रक्सी सेवन गरेको थिएँ । त्यसदिन अलिक धेरै रक्सी खाएछु । उनको र मेरो भनाभन भएको थियो । बालबच्चा सानै थिए । उनिहरुको रेखदेख र शिक्षादिक्षा पनि हाम्रो जिम्मेवारीमा थियो । भोलिपल्ट विहान उनी उठेर शौचालय गईन भन्ने थियो । म अबेर उठें । साँझको ह्याङ्ग थियो । धेरै बेर उनि नआए पछि बच्चाहरुले आमा आमा भन्दै बोलाउन थाले । म उठेर शौचालय जाँदा उनि झुण्डिएर आत्महत्या गरिसकिछन् । छिमेकीहरुलाई बोलाएँ । केहि सिप लागेन । पछि प्रहरीलाई खबर भयो । दिउँसो माईतीका मान्छेहरु जम्मा भए । पोस्टमार्टम पछि हामीले दाहसंस्कार ग¥यौं । एक पछि अर्काे चोटले खपि नसक्नु भएको थियो । मान्छे भएर जन्मेपछि हरेक बाहना र चाहना सहनै पर्ने रहेछ । घर चलाउन धौ–धौ हुन थाल्यो । राति मात्रै रक्सी खाने मेरो बानी दिउँसो पनि रक्सि खाएर अलपत्र हुन थालें । गाउँलेहरुले गाली गरे । आफन्तले गाली गरे । एक दिन मलाई मेरा आफ्नै सन्तानले मुखमा थुके । त्यसदिन देखि मैले रक्सी खान छाड्ने प्रण गरें । उनिहरुको खुशीका लागि पनि मैले रक्सि त छाडें तर नयाँ काम गर्न सकिनँ । बल्ल बल्ल ईटा पार्ने काममा जाने योजनामा थिएँ । त्यहाँ जाँदा पनि सहज देखिनँ । पछि आफैले संचालन गरिरहेको पेशालाई निरन्तरता दिने निर्णय गरें । सबैको सहयोगका कारण म सफल हुँदै गएँ । बच्चाहरुकै रेखदेखका लागि पुनः विवाह गरें । अहिले हामी खुशी छौं तर पनि विगतका पीडा र संघर्षका बेदनाहरुले झस्काईरहन्छ । भगवानलाई भन्छु हे दैब मेरो जस्तो दुःख अरु कसैलाई नपरोस् ।

सगुन शिवभक्ति
सिन्धुपाल्चोक