होम चौंलागाँईं
ने.क.पा. एमाले देशको सबैभन्दा ठूलो दल हो । काभ्रेको सन्दर्भमा भन्नु पर्दा यो ठूलो मात्र नभएर जनमुखी र विकासको संवाहक समेत हो । काभ्रेमा यस अघिपनि थुप्रै दलहरुले सरकारमा प्रतिनिधित्व गर्दै आएको इतिहास छ । तथापी क्याबिनेट तहबाट निर्णय गराउनु पर्दा रुवाबासी नै गर्नु पर्दथ्यो । त्यतिमात्र नभएर बत्तिमुनको अँध्यारो जिल्ला भनेर चिनिने गर्दथ्यो, काभ्रे । राजधानी काठामाडौंको जनघनत्व थेग्ने थोरबहूत भएपनि क्षमता राख्ने यस जिल्लामा नेतृत्वको सदियौंदेखि अभाव कायम रहेको थियो । पाँचखाल, धुलिखेल, बनेपा, पनौती, नमोवपुद्ध र मण्डनदेउपुरजस्ता शहरहरु जताबाट पनि काठमाडौं नजिकका शहरी र शहरोन्मुख क्षेत्रहरु हुन् । राष्ट्रिय स्तरको नेतृत्वको अभावमा त्यो देखिन सकेन । जब नेकपा एमाले काभ्रेले गोकुल बास्कोटाको नेतृत्वमा पार्टी र संसदीय क्षेत्र सम्हाल्ने अवसर प्राप्त हुन थाल्यो तब काभ्रेले विकासमा फड्को मारिरहेको छ । विद्यालय, विश्वविद्यालय देखि अस्पताल, शुरुङ मार्ग, बैकल्पिक राजमार्ग जस्ता थुप्रै कार्यक्रमहरुले योजनावद्ध काम गर्न थालेका छन् । ४ लाइनको सडाको काम प्रारम्भ हुने भएको छ । जसका कारण काभ्रेली जनतामा ठूलो आशा र विश्वास पैदा हुन पुगेको छ ।
यसरी, हर हिसाबले नेतृत्व प्रदान गर्दै आएको नेकपा एमालेको दशौं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनलाई अधिवेशनहरु मध्येकै उत्कृष्ट र ऐतिहासिक अधिवेशनको रुपमा हेरिएको छ । जिल्लाकै कुरा गर्दा त यस पटकको अधिवेशनको उपस्थित काभ्रेको सबै दलहरुकै इतिहासको ठूलो जनमासको उपस्थिति भन्ने थालिएको छ । यस बिचमै पार्टीको एउटा खेमाका अस्थिर र आपू्रmले मात्र खानु पर्छ भन्ने सोचका मानिसहरु चोइटिएर गएका छन् । केहि मानिसहरु अवैध नेकपा एस भन्दै हिंडिरेहेका वर्तमान परिस्थितिमा एमालेले जनतामाझ देखाउनु पर्ने चुनौतीलाई आत्मासात गर्दै अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गराएर काभ्रेमा अझै एमाले नै बलियो छ, पहिलो हो र काभ्रे एमालेकै लाल किल्ला हो भन्ने प्रमाणित गर्नुपर्ने थियो र जो आज हुन पुग्यो ।
यति मात्र नभई थुप्रै कुराहरुले नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन स्मरण योग्य बन्न पुगेको छ । नेकपा एमालेको देशमा भिन्नै खालको इतिहास र जन विश्वास भएजस्तै काभ्रेमा अझै फरक भूमिका र पृष्ठभूमी कायम छ भन्नेपनि देखिन पुगेको छ । व्यवस्थित प्रचार सामग्री, आक्रमक प्रचारशैली, जिल्लाको दशकौं यताकै ठूलो सभा, देशभरी एकसाथ जिल्ला अधिवेशन भइरहँदापनि पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको उच्च प्राथमिकताका साथ रहेको उपस्थिति, निर्वाचनदेखि प्रचारप्रसारसम्म प्रविधिमैत्री हाइटेक शैली, व्यवस्थित जन तथा स्वयंसेवक परिचलान, उल्लेख्य महिला र दलित सहितको समावेसी प्रतिनिधित्व, सम्भव भएसम्मको सर्वसम्मत विधिसंगै निर्विरोध र उच्च लोकतान्त्रिक विधि जस्ता कुराले नेकपा एमालेको दशौं अधिवेशन अब्बल देखिन्थ्यो । पछिल्लो दशकदेखि राष्ट्रिय राजनितिमा एमाले एकमात्र नेता र माहू पार्टी हो । इतिहास नियाल्दा थाहा पाउन सकिन्छ कि अन्य पार्टीहरु यसको अनुशरणकर्ता र अभियान्तमात्र हुन् । जब जब देशमा नेकपा एमाले नेतृत्वको सरकार बन्न पुग्छ तब तब नयाँ खालका जनपक्षीय आयामहरुले गति पाउने गरेको इतिहास छ । २०५१ सालमा जनताको पार्टी बन्ने दिसामा अघि वढेर २०७२÷०७३ तिर आइपुग्दा यो जनताको मात्र नभएर सिंगो देशको अभिभावकीय भूमिका सहितको पार्टी बन्न पुगेको हो ।
नाकाबन्दीको शतिशाल, संसद्बाट सर्वसम्मत रुपमा पारित गर्दै सदियौंदेखि छुटेको आफ्नो भू–भागहरु समेटेर छापिएको नग्सा, पारबाहन क्षेत्रमा भएको महत्वपूर्ण निर्णय, सामुद्रिक पहूँचमा के.पी. ओली नेतृत्वको सरकारको भूमिका जस्ता यावत कुराहरुले आज एमाले वास्तवमै जनताको पार्टीको रुपमा रुपान्तरित भइरहेको छ । भारतको एकलब्य सोचको कहालीलाग्दो नाकाबन्दी, मिचाहा प्रवृत्तिको बिस्तारबाद र नेपाली दलहरुमाथीको शासनमा जहिल्यै धावा बोल्दै आएको भारतका विरुद्ध एमाले र के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकार र त्यसको प्रभावले भारतको त्यो सबै खाले निती असफल प्रायः बन्न पुगेपछि सबैको घेराबन्दीमा एमाले पर्न पुग्यो ।
नाकाबन्दीको खुलेर प्रतिकार हुनु, जनताको भरपूर विश्वास हुनु, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनितिक तथा प्रशासनिक नग्सा प्रकासित हुनु, कम्यूनिष्ट पार्टीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार बन्नु, ३ वर्षभन्दा वढी समय राजनितिक र शासकीय स्थिरताले स्थान पाउनु, विस्तारै संविधानको स्वीकार्यता वढ्दै जानु जस्ता महत्वपूर्ण कुराहरु नेकपा एमालेकै नेतृत्वमा सम्भव भएको थियो । त्यतिमात्र नभएर ५१ सालमा मनमोहन नेतृत्वको लोकप्रीय सरकारले अन्य दलहरुको हैसियतलाई सकाउने भयो भन्दै अस्पतालको बेडबाट अपदस्त गरेझैं के.पी. ओली नेतृत्वको सरकारको लोकप्रियतालाई आफ्नै भनौंदा पार्टीका भजन मण्डली, पटक पटकका परीक्षित र असफल प्रवृित्तले देख्न सकेन । आवधिक निर्वाचन र पार्टीको महाधिवेशसम्म पनि पर्खन नसकी प्रचण्ड मार्फत माधव नेपाललाई प्रयोग गरी ने.क.पा एक चरण फुट्न पुग्यो भने पछि एमालेलाई पनि सग्लो नराख्ने हरकत चलिरह्योे । जसका कारण एमालेका केहि असन्तुष्ट एकलब्य मानसिकताका मानिसहरु पार्टीबाट बिदा भए ।
यी र यस्ता याबत खालका प्रतिबिम्बहरु देशब्यापी रुपमा जनतामाझ झल्कि रहेको छ । भलै प्रचण्ड र माधव नेपाल जस्ता अस्थिर पात्र र प्रवृत्तिका कारण कम्युनिष्ट एकता जोगिन नसकेपनि ने.क.पा. एमाले प्रतिको प्रगाढ स्नेह र मायाँका कारण नेपालमा कम्युनिष्ट आन्दोलन स्खलित हुनबाट जोगिन पुगेको छ । नेकपा एमाले र त्यसको ब्राण्डको रुपमा परिचित सूर्य चिन्ह अपहरणबाट जोगिन पुगेको छ । सडकमा बसेर सूर्यको बिल्ला भिर्दै हामी यता छौं र एमाले हाम्रो भन्नेहरु आज सूर्य र एमालेको नभई गन्तब्य बिहिनताको मार्गमा अघि वढिरहेका छन् । न उनिहरुको सूर्य हुन सकेको छ, न त एमालेको जर्बजस्त अपहरण नै सम्भव । प्रदेशमा मन्त्रालय बढाएर सकेसम्म सबैलाई मन्त्री बनाई हतारोमा केवल आफ्नोलागि मात्र भएपनि समाजवादको गन्तब्य तय गर्नेहरु आज लाजको पसारो बन्दै गएकाछन् ।
समाजवाद आपूm र आफन्त निकटलाई मात्र छिट्टै भित्र्याउने लक्षका साथ अघि वढेका कथित समाजवादीहरु आज जनतामाझ एकपछि अर्को गर्दै बिछिप्त बन्दै छन् । संघीयता विरुद्धको नकारात्मक सोच, एम्.सी.सी.को गलापासो, कांग्रेससंगको गठबन्धनरुपी लम्पसारवाद लगायतका विषय आज एक पछि अर्को गर्दै नामभन्दा ठीक उल्टो दिशामा अघि वढेको देखिन्छ । प्रतिपक्षीय गठबन्धनको जनबिरोधी याबत विषयहरुका कारण आज नेकपा एमालेमा एकपछि अर्को गर्दै जनलहर थपिंदै गएको देखिन्छ । देशरै भर एकसाथ वडाको, जिल्लाको, केन्द्रको अधिवेशनहरु उच्च हाइटेक प्रविधिकासाथ चल्नु र प्रदेश, संघ तथा क्षेत्रहरुको अधिवेशनमा पनि आधुनिक प्रविधिको प्रयोग हुनुलाई सर्वत्र प्रशंसनीय रुपमा हेर्ने गरेको पाइन्छ ।
देशको पूरानो भनिएको पार्टीले राष्ट्रिय महाधिवेशनमा पानी टयांकीमा मत–पत्र खसाली रहँदा नेकपा एमाले काभ्रेले रामलक्ष्मण भोटिङ मेशिन मार्फत मतदान गरी १४ सएभन्दा वढी प्रतिनिधिहरुले गरेको मतदानको परिणाम केवल १ घण्टामै प्रकाशित भएबाट काभ्रेमा प्रविधिको महत्व र विश्वासको बारेमा राम्रो बहस शुरु हुन थालेको छ । एक पटकमा ३० जनाले बिभिन्न भूगोल, क्षेत्र, समावेसिता, साम्प्रदायिकता जस्ता चिजहरु समेटेर २१ औं शताब्धीको उच्च प्रविधिको प्रयोग हुादा मतदातामा ठूलै उत्साह देखिन्थ्यो । ५ देखि १५ मिनेसम्ममा आपूmलाई मनपर्ने सबै क्षेत्र समुदायका नेता छान्दै मताधिकार प्रयोग गर्नुको मज्जा नै छुट्टै, त्यहाँ त्यस खालको स्वर सहर्ष गुन्जिएको देखिन्थ्यो ।
प्रचण्ड र माधव नेपालका कारण पार्टीमा देखिएको दरारलाई मानिसहरुले विभिन्न कोणबाट ब्याख्या र विश्लेषण गर्दै आएकोमा यस पटकको जिल्ला अधिवेशनको महोलले त्यस चिजलाई चिर्न सफल भएको छ । धुलिखेलको रंगशालमा आयोजित उद्घाटन सत्र भब्य, सभ्य र घनिभूत मात्र नभई विशाल थियो । जिल्ला अधिवेशनको उद्घाटन समारोहको फोटो केवल ड्रोनले मात्र क्याप्र गर्न सक्दथ्यो । जिल्लाका १३ ओटै तहका एमाले नेता तथा कार्यकर्ताको पंक्तीमात्रको उपस्थिति १५ हजारभन्दा माथी देखिन्थ्यो । विभिन्न झाँकी, परम्परागत संस्कृति, स्वतःस्पूmर्त बाजागाजा र खैजडी भजन सहित रंगशालभित्र, खेलकुद हेर्ने दर्शकदिर्घामा र मालपोत छेउको रेलिङमा देखिएको उत्साहजनक उपस्थिति एमालेको गहना माणिक गहना झैं देखिन्थ्यो ।
एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनको खुल्ला सत्र होस् वा बन्द । यसले एउटा छुट्टै म्यासेज प्रवाह गर्न सफल भएको छ । एकाध केहि तलमाथीको बाबजुद् युवा, विद्यार्थी, पाका पुराना, भूगोल, क्षेत्र जस्ता सबै विषयवस्तु समेट्न सक्नु नै नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनको महत्वपूर्ण पक्ष हो । एकिकरण, समावेसिता र भूगोल तथा सम्प्रयताको यथोचित व्यवस्थापन नेकपा एमाले दशौं जिल्ला अधिवेशनको असली गहनापनि हो । कांग्रेसीजनहरुले एकलब्य भयो भन्ने गरेको उनिहरुको जिल्ला अधिवेशनभन्दा नेकपा एमालेको दशौं जिल्ला अधिवेशन सबै हिसाबले भब्य, सभ्य र घनिभूत मात्र नभएर उच्च प्रविधिमैत्री र हाइटेप प्रविधिको भएको जिल्लाभर सर्वत्र चर्चा हुन थालेको छ । त्यतिमात्र नभएर २१ औं शताब्धीको प्रविधिको सही सदुपयोग गर्न सक्ने दल केवल नेकपा एमालेमात्र हो भन्ने जनविश्वास युवा विद्यार्थीदेखि समाजका गन्नेमान्नेहरुका बिचमा समेत बढ्न पुगेको छ ।
यति हुँदा हुँदैपनि के भन्न सकिन्छ भने जिल्ला नेतृत्वमा आउने सबै तहको नेतृत्वको समुचित व्यवस्थापनको लागि तहगत नेतृत्व सहितको भौगोलिक हिसाबको उम्मेदवारी आवश्यक देखियो । जिल्लामा र नेतृत्वको नजिक परीरहने धेरै साथीहरु परिचयको हिसाबले निर्वाचिन हुने र भूगोलमा दुःख गरेका साथीहरु छुट्ने सम्भावना वढ्दै जाने खतार बढ्यो । कतै कतै त जित्दा जित्दैपनि हारको महसुस हुने अवस्था देखियो । नेतृत्व गर्नुपर्ने समाजबाट पत्याइएका साथीहरु पूर्ण रुपमा छुट्नु र समाजमा गएर उहाँहरुसंगसंगै हिंडेर सिक्नुपर्ने साथीहरुको मात्र प्रवेश हुनुलाई मात्र त्यति राम्रो मान्न सकिन्नँ । त्यतिमात्र नभएर जिल्ला कमिटी सदस्यको रुपमा कुनै तहबाट १२÷१५ जनाको लाइन र कुनै तहमा शून्यताको स्थिति उत्पन्न हुने खतरा वढ्न पुग्दछ । यसलाई एउटा अधिवेशनबाट अर्को अवधिको लागि सिकाईको रुपमा लिनु नै अबको मार्गदर्शन सम्झेर अघि वढ्नु पर्दछ । अन्यथा अर्थमा नलिने हो भने पाकापुराना साथीहरुले सिकाएर र डोराएरै नयाँ नेतृत्वको सही विकास हुन सक्छ । यसले नेकपा एमाले थप अब्बल, प्रभावकारी, बलियो र खास अर्थको समावेशी बन्न पुग्दछ ।









