“सामाजिक न्याय अभियान,
भ्रष्टाचार, असमानता र वेरोजगारीको अन्त्यका लागि
संघर्ष, एकता, विकास र न्यायको
अबधारणा संगै सचेत क्रान्तिको सोच नै हाम्रो जीवन ।”
जानेर वा नजानेर, बुझेर वा नबुझेर वा बुझ पचाएर राजनीति, कर्मचारितन्त्र, उद्योग तथा व्यापार, सम्बन्ध, समाजसेवा र अन्य क्षेत्रमा आफ्नो पहुँच पु¥याई सामुहिक फाइदा एबं असलतालाई पछाडि राखेर आफ्नो व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, गुटबाद र भ्रष्टाचारमा लागि अकुत सम्पत्ति कमाउने, हालिमुहाली कायम राख्ने, माफिया बन्ने गरिरहेका ब्यक्तिहरु एवं गुटहरु छन भन्ने अध्ययनले देखाउछ ।
जसले समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र वैचारिक असमानता, विभेद उत्पीडन पैदागरी सचेत क्रान्तिको पूर्वाधार सुख, शान्ति र समृद्धि तयार हुन नदिई असमानता, विरोजगारीको समस्या सृजना गर्ने गरिरहेको छ ।
त्यस्ता कु तत्व एबं कु बाटोमा हिड्ने असतहरुको यात्रा अन्त्य गरी सत, सुसंस्कारयुक्त, मानवीयता प्रेमी असल समाज निर्माण गर्न सुरु गरिएको सुझाव संकलन, अनुसन्धानमूलक बहस, चिन्तन मनन जस्ता औपचारिक एबं अनौपचारिक कार्यक्रममा सम्पुर्ण राष्ट्रप्रेमी, बुद्धिजीवि, श्रम जीवि, इमान्दार, प्रगतिशील, सृजनशिल त्यागि, व्यक्तित्वहरु एवं सर्वसाधारण जनतालाई साथ, सहयोग र समर्थन सहित आबद्ध हुन अनुरोध गर्दछु ।
किनकि अभियानको उदेश्य सबैलाई समेटी संश्लेषण विश्लेषण, ज्ञान–बिज्ञान आदान प्रदान गर्ने रहेको जानकारि गराउन चाहन्छु ।
अब सबै मिलि शान्ति, प्रेम र करुणाले भरिएको सचेत निस्कर्ष निकाली दुख सुख, प्रेरणा र खुसी बाढ्ने, उपयोगी ब्यबहारिक कार्यान्वयनको प्रयत्न गरौ । जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजलाई असल, समतामुक, न्यायमुलक, संमृद्ध, शान्त बनाउदै लाने र हाम्रो सुन्दर देश नेपाल हुदै “एक बिश्व निर्माण” को लक्ष्य मा पुर्याउने छ । यसको लागी नै सामाजिक न्याय अभियान एबं सचेत क्रान्ति सुरु गरिएको हो
हाम्रो अस्तित्व, हाम्रो गौरव, हाम्रो पहिचान, हाम्रो बहादुरी कमजोर भएको छ । टुट–फुट, गुट–उपगुट, फुटा–फुट र चुटाचुटले हाम्रो सामथ्र्यलाई निश्कृय बनाएको छ । हाम्रो वस्तुगत स्थितिको मूल्याङ्कन गर्दै सहकार्य, सहमति, सहअस्तित्व, समन्वयका अधारमा आफ्नै रक्षाको लागि, आफ्नै विकासको लागि, आफ्नै शान्तिको लागि संघर्ष गर्नु पर्ने छ ।
किन आवश्यक छ भन्ने प्रश्नमा हामीले महाशक्तिशाली राष्ट्रका अभियान र बिभिन्न शान्तिपुर्ण र अन्य क्रान्तिपुर्ण अभियानहरुलाई हेर्न सक्छौं । अभियानको निश्कर्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
हामी अन्यायमा परेका ९९ प्रतिशत छौं । १ प्रतिशतले हामीलाई अन्यायमा पारेको छ । फुटाउ अनि राज गर नीति लिएका शासकहरुले हामीलाई शाषित बनाइरहेका छन । हामीले बुझी बुझी बुझ पचाएर बसेका छौं । त्यस्तो गर्दा नयाँ आउने पीँढीले हामीलाई सराप्ने छ, त्यसैले हामी एकजुट भएर संघर्ष गरौं । अनि बल्न हामीले न्याय पाउने छौं । यो असम्भव कुरा होइन सम्भव र यथार्थ सकारात्मक आलोचना बाट निष्किएको निस्कर्ष हो ।
उत्पादन गर्ने स्रोत शक्तिको आधारमा विश्वको ८५ प्रतिशत साम्पत्तिक शक्ति १० प्रतिशत धनाढ्यहरुसँग छ । ५० प्रतिशत तल्लो तप्काका मानिसहरु केवल १ प्रतिशत स्रोत वा सम्पत्तिमा बाँडीचुँडी जीवन निर्वाह गरिरहेका छन् । हामी ५ प्रतिशत नागरिकहरुको साम्पत्तिक हक १ प्रतिशत मात्र हो त । यही कुराहरुमा हामी सचेत बन्नु पर्ने छ ।
हाम्रो राष्ट्रको सामाजिक संरचना
विभिन्न दृष्टिकोणका आधारमा भएका विश्लेषणलाई संस्लेषण गर्दा
१) अग्रगामी परिवर्तनकारी शक्ति, क्रान्तिकारी विचार एवं सकरात्मक सोच हुने सचेत नागरिक ५ प्रतिशत छन् । उनीहरुले नागरिकहरुलाई जागरुक गराउने, संघर्ष गर्ने कार्य गर्दछन् ।
२ं) सोझा साझा, आफ्नै सुरमा तल्लिन वा व्यस्त, परिवर्तनको जागरण ल्याउन सके बलिदानको लागि तयार तर त्यो समय ल्याउन नै कठिन हुने यस्ता नागरिकहरु जो वास्तविक नागरिकका अधीकारबाट बञ्चित हुन्छन् । ती ८० प्रतिशत छन् यिनीहरु शाषित हुन् ।
३) १५ प्रतिशत ले राज्य सञ्चालन गरिरहेका छन वा शासक बनिरहन सफल छन ।
अब सचेत नागरिकले गर्नु पर्ने
क) समाज समृद्ध, शान्त र अग्रगामी रुपान्तरणको लागि ८० प्रतिशत नागरिकहरुको नेतृत्व प्रगतिशिल, त्यागि ५ प्रतिशतले गर्ने वाताबरण निर्माण गर्ने ।
ख) १५ प्रतिशत ले राज्य सञ्चालन गर्दा तत्काल समस्या समाधन भए जस्तो देखिन्छ तर समस्या जिउका तिउ रहन्छ । १५ प्रतिशत आफु टिकिरहनको लागि राज्यका शक्तिहरुलाई जसरी प्रयोग गर्न पनि पछि पर्दैनन् । यो १५ प्रतिशत खुरापातिहरुको योजना जन जनलाई बुझाउने ।
ग) ८० प्रतिशत जनतामा जागरुक पैदा गर्ने जिम्मेवारि जहिले पनि ५ प्रतिशत सृजनशिल सचेत नागरिकको नै हुन्छ । तर सधै १५ प्रतिशत ले ५ प्रतिशतलाई खुइल्याउने, नकरात्मक प्रभाव पार्न अनावश्यक सडयन्त्र गर्ने, कुरा बनाउने र सानो कुरामा अड्काउने काम गर्दछन् । जबसम्म ८० प्रतिशतलाई बुझाउन सकिँदैन तबसम्म १५ प्रतिशतले नै राज्य सञ्चालन गर्दछ ।
त्यसैले यी आधारहरुलाई अध्ययन गर्दै हामी प्रगतिशिल, सृजनात्मक, त्यागी ५ प्रतिशत एकजुट भै सचेत क्रान्तिको सोच राख्दै सकारात्मकता, सृजनलिता एवं आत्मनिर्भरताको लागी सामाजिक न्याय अभियानलाई सञ्चालन गरी ८० प्रतिशत जनताको अधिकार सुरक्षित गर्नु तर्फ लागौ, हामी ५ प्रतिशतले त्याग गरौ र १५ प्रतिशतलाई सुधार्ने प्रयत्न गरौ ।
सचेत बनौ र बनाऔ, जय सचेत क्रान्ति ।
म रुपान्तरित हुदै नया सचेत युग शुरुवातको आधार,
प्रकृतिप्रेम, मानवता, साधना, सामाजिक न्याय र शाकाहार
म अनुरोधक, संकल्पकर्ता एर्ब अभियान्ता ः अधिबतmा सुदर्शन जोशी “तेजस्वी”









